site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
रसिया विश्वकपमा अहिलेसम्म कसको कति गोल ? लुकाकु र रोनाल्डो गोल्डेन बुटका दाबेदार 
Ghorahi CementGhorahi Cement

एजेन्सी । रसियामा जारी विश्वकप फुटबलमा समूह चरणको पहिलो राउण्डका खेल सकिएर दोस्रो राउण्डका खेल भइरहेका छन् । जारी विश्वकपमा अहिलेसम्म कुन टिमले कति गोल गरे ? कुन खेलाडीले कति गोल गरे त ? विश्वकपमा अहिलेम्म ६८ गोल भएका छन्  ।

जसमा सर्वाधिक गोल गर्ने राष्ट्रमा आयोजक रसियाले विश्वकपमा आफ्नो रेकर्ड बनाएको हो । रसिया र बेल्जियमले समान २ खेलमा ८ गोल गरेका छन् । विश्वकपको उद्घाटन खेलमा रसियाले साउदी अरब विरुद्ध ५–० गोलको फराकिलो अन्तरले पराजित गरेको थियो ।

त्यसैगरी, रसियाले आफ्नो दोस्रो खेलमा इजिप्टविरुद्ध ३–१ गोल अन्तरले पराजित गर्दै नकआउट चरणमा प्रवेश गरेको हो । यसअघि सन् १९९४ को विश्वकको समुह चरणमा ७ गोल गरेपनि समूह चरणबाटै बाहिरिएको थियो । त्यस्तै, बेल्जियमले समुह चरणका दुवै खेल जित्दै ८ गोल गरेको छ । पहिलो खेलमा पानामालाई ३–० गोलले पराजित गरेको थियो भने दोस्रो खेलमा बेल्जियमले ट्युनिसियालाई ५–२ गोल अन्तरले पराजित गरेको हो ।

Agni Group

क्रोएसियाले अहिलेसम्म २ खेल खेल्दै ५ गोल गरेको छ ।

त्यस्तै, स्पेन र पोर्चुगलले समान ४–४ गोल गरेका छन् । स्पेन र पोर्चुगल एकै समूहका टिम हुन् । उनीहरुले आफ्नो पहिलो खेलमा ३–३ गोलको बराबरीमा खेलेका थिए । त्यस्तै स्पेन र पोर्चुगलले आफ्नो दोस्रो खेलमा क्रमशः स्पेनले इरानलाई १–० गोल अन्तरले र पोर्चुगलले मोरक्कोलाई १–० गोलले पराजित गरेका थिए । 

Global Ime bank

त्यस्तै, फ्रान्स र मेक्सिको, ब्राजिल, स्वीट्जरल्यान्ड र ट्युनिसियाले समान ३–३ गोल गरेका छन् । त्यसैगरी, उरुग्वे, डेनमार्क, अष्ट्रेलिया, नाइजेरिया, सर्विया, जर्मनी, स्वीडेन, इंग्लयान्ड, जापान, सेनेगलले समान २–२ गोल गरेका छन् ।
त्यस्तै, इजिप्ट, इरान, आइसल्यान्ड, अर्जेन्टिना, दक्षिण कोरिया, पोल्यान्ड र कोलम्बियाले समान १–१ गोल गरेका छन् ।

त्यस्तै, जारी विश्वकपमा अहिलेसम्म पनि गोल गर्न नसक्ने देशहरूमा साउदी अरब, मोरक्को, पेरु, कोष्टारिका र पानामा गरी ५ राष्ट्र रहेका छन् ।

सर्वाधिक गोल गर्ने खेलाडी 
 

सर्वाधिक गोल गर्ने खेलाडीमा पोर्चुगलका कप्तान क्रिष्टियानो रोनाल्डो र बेल्जियमका फरवार्ड रोमेलु लुकाकु रहेका छन् । उनीहरुले ४–४ गोल गरेका छन् । स्पेनका डिएगो कोस्टा र रसियाका डेनिस चेरिसेभले समान ३–३ गोल गरेका छन् ।

रसियाका आट्रिम ज्युवा, बेल्जियमका इडन हजार्ड, क्रोएसियाका लुका मोड्रिक, ब्राजिलका फिलिपो कोन्टिन्हो, अष्ट्रेलियाका माइल जेडिनाक, नाइजेरियाका अहमद मुसा र इंग्ल्यान्डका कप्तान ह्यारी केनले समान २–२ गोल गरेका छन् । विश्वकपमा राम्रो गर्ने खेलाडीका रुपमा हेरिएका अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले भने गोल गर्न सकेका छैनन् ।
 
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार १०, २०७५  ०७:१६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC