site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
सिर्जना सम्वादमा जलेश्वरीका कथा
Sarbottam CementSarbottam Cement

काठमाडौं । काठमाडौं उपत्यका सार्वजनिक पुस्तकालयले हरेक महिनाको पहिलो विहिबार आयोजना गर्दै आएको सिर्जना सम्वादमा यस पटक कथाकार जलेश्वरी श्रेष्ठको नविनतम कथा संग्रह ‘म्यारिज एनिभर्सरी तथा अन्य कथा’ माथि अन्तरक्रिया सम्पन्न भयो ।

कार्यक्रमको प्रारम्भमा कथाकार रोशन थापा निरवले संग्रहका कथाहरुमाथि समीक्षात्मक मन्तव्य दिएका थिए । उनले लिखितरुपमा प्रस्तुत गरेको समीक्षा मन्तव्यमा संग्रहको पुरा चिरफार गर्दै जलेश्वरीका कथाहरुमा नारीका कथा र नियती बढी प्रस्तुत भएको बताए ।
कथाकार मधुवन पौडेलले उनका कथा मार्मिक र यथार्थ चित्रण रहेको बताए । कार्यक्रममा प्राडा सनतकुमार वस्तीले श्रेष्ठको संग्रहको एउटा कथा वाचन गरेका थिए ।

Prabhu Bank
Agni Group
NIC Asia

कार्यक्रममा प्रा. मोहनराज शर्माले जलेश्वरीको कथाकारिताको चर्चा गर्दै कुनै पनि कथामा घटना र पात्र अब्बल हुनुपर्ने कुरा उठाए । उनले कुनै पनि कथालाई पात्रले कालान्तरसम्म चिनाउने भएको उल्लेख गर्दै रामायण र महाभारतका पात्रहरु आजपनि सबैले स्मरण गर्ने तर अरु आख्यानका पात्रहरु किन कसैको स्मरणमा रहँदैन भन्ने प्रश्न गरे । उनले यो उदाहरण दिँदै कथा र उपन्यासमा पात्रको महत्व बढिहुने बताए । 

कथाकार जलेश्वरी श्रेष्ठले अन्तरक्रियाका क्रममा उठेका प्रश्नहरुको जवाफ दिएकी थिइन ।  तिर्थराज वन्तको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा निशा केसी, ज्ञानुवाकर पौडेल, ढकाल राधेश्याम, रमेशानन्द बैद्य, निराजन तिमिल्सिना लगायतले बोलेका थिए ।
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार १०, २०७५  ०७:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC