साहित्य
काठमाडौं । रियल जोडीको कथामा आधारित चलचित्र ‘बोबी’को ट्रेलर सार्वजनिक भएको छ । मिलन चाम्सको निर्माण तथा निर्देशन रहेको चलचित्रमा नर्वेमा बस्दै आएकी कविता गुरुङ र उमेश थापाको कथा नै चलचित्रको मुख्य विषयवस्तु हो ।
गुरुङ र थापाको प्रेम, संघर्ष र सफलताको कथा ‘बोबी’ नै चलचित्रको कथा हो । चलचित्रमा विजय लामा, रुबी राणा शाह, देशभक्त खनाललगायतका कलाकारको अभिनय छ ।
प्रकाशित मिति: शनिबार, असार ९, २०७५ १५:४७
प्रतिक्रिया दिनुहोस्