site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
रामचन्द्र पौडेलले भने– मेरो कुनै गुट छैन
Sarbottam CementSarbottam Cement

हेटौंडा । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसलाई नयाँ जीवन प्रदान गर्न मेची–महाकाली अभियान सञ्चालन गर्ने प्रतिज्ञा गरेका छन् । मकवानपुरको हेटौडामा सम्पन्न कांग्रेसका जिल्ला सभापतिहरुको राष्टिय भेलाको समापन समारोहमा वरिष्ठ नेता पौडेलले कांग्रेसलाई नयाँ जीवन प्रदान गर्न मेची–महाकाली अभियान सञ्चालन गर्ने प्रतिज्ञा गरेका हुन् ।

पार्टीलाई सजग गराउन थालिने अभियानका क्रममा सवैलाई समेटेर जाने र कसैको पनि टिप्पणी नगरेर जिल्ला जिल्ला पुग्ने उनको भनाई थियो । “कांग्रेसलाई सजग गर्ने, नयाँ जीवन दिने एउटा अभियान लिएर म मेची महाकालीका सवै ठाउँमा जान्छु । र म कुनै साथीको टिप्पणी नगरीकन पोजेटिभ ढंगबाट पार्टीलाई सशक्त बनाउने कुरा मात्रै गरेर अगाडि बढ्छु,” नेता पौडेलले भने ।

Prabhu Bank
Agni Group
NIC Asia

उनले पार्टीमा देखिएका तिक्तताहरु छोडेर एकतावद्ध भएर अगाडि बढ्ने प्रयास गर्नु पर्ने आवश्यकता औंल्याए । आफू सदैव एकताको पक्षपाती रहेको जिकिर गर्दै आफू कुनै पनि गुटवन्दीमा नगालेको दावी गरे । “मेरो अहिले पनि कुनै गुट छैन् । मैले त दृष्टि नपुगेकाहरुको आवाजलाई मैले कहिलेकाँही सहयोग गरिदिन्छु,” पौडेलले भने ।

पार्टी सभापति शेरबहादुर देउवाले सवैलाई समान व्यवहार नगर्दा हेपाईमा परेकाहरुसँग आफू उभिएको उनको आशय थियो । पार्टीलाई मिलाएर लैजानुको विकल्प नभएको दोहोर्याउँदै वरिष्ठ नेता पौडेलले आपसमा नमिलेका कुराहरु एकआपसमा बसेर मिलाउन सकिने पनि प्रष्ट पारे ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार ८, २०७५  १४:३४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC