site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
देउवाले भने– ‘जाली काम गर्ने’ नवराज सिलवाललाई कसरी आईजीपी बनाउने ?
Ghorahi CementGhorahi Cement

हेटौंडा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीलाई अन्तरघातमुक्त पार्टी बनाए आगामी निर्वाचनमा राम्रो मत प्राप्त हुने बताएका छन् । 

मकवानपुरको हेटौँडामा चार दिनसम्म चलेको जिल्ला सभापतिहरुको राष्ट्रिय भेलाको समापन समारोहमा सभापति देउवाले आगामी निर्वाचनमा कांग्रेसलाई पहिलो पार्टी बनाउन अन्तरघातमुक्त पार्टी बनाउनुपर्नेमा जोड दिए ।   

“अन्तरघातबाट मुक्त पार्टी बनायौं भने आगामी चुनावमा पार्टीले राम्रै मत ल्याउँछ,” उनले भने, “तर त्यसका लागि पार्टी एक हुन जरुरी छ । पार्टी एक हुनका लागि हामी सवै एक भएर लाग्नु पर्दछ ।” 

Agni Group

सभापति देउवाले अन्तरघात गर्नेलाई पार्टीमा बस्ने कुनै नैतिक आधार नभएको पनि बताए । 

स्थानीय निर्वाचन र प्रदेशसभामा हस्तक्षेप नगरिएका कारण ठूलो भूल भएको उनको भनाई थियो । स्थानीय चुनावमा जिल्ला सभापतिहरुलाई टिकट वितरण गर्ने अधिकार प्रत्याभूत गरेको भए पनि आफूमाथि ठूलो दवाव आएको स्मरण गर्दै उनले तत्कालिन समयमा हस्तक्षेप नगरेर गल्ती गरेको गरेको बताए । 

Global Ime bank

“स्थानीय तहको चुनावमा जिल्लालाई टिकट वितरण गर्ने अधिकार दिने निर्णय भएको तर मलाई ठूलो दबाब आयो,” सभापति देउवाले भने, “त्यस्तै प्रदेशमा जित्छु जित्छु भने, टिकट दिएँ तर चुनाव हारे । यी दुई कुरामा हस्तक्षेप नगरेर ठूलो गल्ती गरे ।” 

उनले अहिले वडादेखि केन्द्रसम्म पार्टीभित्र र बाहिर ठूलो चुनौती थपिएको जिकिर गर्दै चुनौतीको सामना गर्न आपसी मतभेद हटाएर एकतावद्ध ढंगले अघि बढ्नुपर्ने आवश्यकता औंल्याए । “वडादेखि केन्द्रसम्म ठूलो चुनौती छ । चुनौती छ भनेर भाग्नु हुँदैन । सामना गर्नुपर्छ, सामनाका लागि मतभेद हटाएर एक हुन जरुरी छ,” देउवाले भने । 

आफूमाथि लाग्दै आएको प्रधानन्यायाधिशमाथिको महाअभियोग प्रकरण र त्यसका कारण पार्टीले चुनाव हार्नुपरेको भन्ने आरोपप्रति आपत्ति जनाउँदै उनले हारको कारण दुई कम्युनिष्टबीचको तालमेल र आन्तरिक मतभेद नै भएको दोहोर्याए । तत्कालिन गृहसचिव र तत्कालिन प्रहरी महानिरीक्षकले नवराज सिलवाल ‘फ्रड’ भएको रिपोर्टिङ गरेको र प्रधानन्यायाधीशले सिलवाल सही भएको बताएपछि सिर्जना भएको अवस्थाका कारण महाअभियोग लगाइएको देउवाले स्पष्टिकरण दिए ।  

“एउटै मान्छेको दुईवटा कार्य सम्पादन मूल्यांकन आयो । त्यसमा सिग्नेचर गर्नेलाई बोलाएर के हो यो भनेर सोध्दा उसले जाली हो भन्यो,” देउवाले भने, “अव जाली सर्टिफिकेट बनाउने मान्छेलाई आईजीपी बनाउनुपर्ने ? जाली काम गर्नेलाई कारवाही गर्ने आईजीपीले आफैँ जाली काम गरे के हुन्छ ?”

 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार ८, २०७५  १४:३१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC