site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
स्वास्थ्यका कार्यक्रम प्रभावकारी भएनन् : थापा (भिडियोसहित)
Ghorahi CementGhorahi Cement

काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले स्वास्थ्य मन्त्रालय अन्तर्गतका योजना र कार्यक्रम निर्धारणमा स्वास्थ्य क्षेत्रको वर्तमान चुनौति र जिम्मेवारीलाई नजरअन्दाज गरिएको टिप्पणी गरेका छन् । 

प्रतिनिधीसभाको शुक्रबारको बैठकमा स्वास्थ्य मन्त्रालय अन्तर्गत विभिन्न शिर्षकको  खर्च रकममा १ सय रुपैयाँ कटौतिको प्रस्ताव पेश गर्दै सांसद थापाले मन्त्रालय अन्तर्गतका योजना तर्जुमामा सरकार र सम्बन्धित मन्त्रालयले उचित ध्यान पुर्याउन नसकेको बताए । सरकारले अघि सारेका मन्त्रालय अन्तर्गतका कार्यक्रमहरुबाट स्वास्थ्य मन्त्रालयको चुनौती र जिम्मेवारी हेक्का नरहेको स्पष्ट भएको टिप्पणी उनको थियो । उनले भने, “चुनौति र जिम्मेवारीको हेक्का गरिएको छैन । यो आग्रह हो ।”

Agni Group

उनले दीर्घकालिन स्वास्थ्य सेवाका लागि चालिएको नीतिगत प्रयास तथा अध्ययन प्रतिवेदनले निर्दिष्ठ गरेका विषयलाई मन्त्रालयले बिर्सिएको दाबी गरे । संविधानमा स्वास्थ्य लगायतका विषय मौलिक हकमा राखिएको उल्लेख गर्दै उनले असोज भित्र सम्पन्न गर्नुपर्ने जनस्वास्थ्य ऐन, प्रजनन स्वास्थ्य ऐन लगायतका विषयमा कामै सुरु नगरिएकोमा असन्तुष्टि जनाए । 

पूर्व स्वास्थ्यमन्त्री समेत रहेका थापाले आफूले अघि सारेका जनता स्वास्थ्य सेवा लगायत दीर्घकालिन महत्व राख्ने कार्यक्रमहरुलाई बीचैमा छाडिएको भन्दै आधारभूत स्वास्थ्य सेवा र बिमालाई सरकाले नबुझेको दाबी गरे । 

Global Ime bank

 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार ८, २०७५  १४:११
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC