site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement

काठमाडौं । प्रतिनिधिसभाका सांसदहरुले मूल्य वृद्धि नियन्त्रण गर्न चासो नदिएको आरोप लगाउँदै सरकारको चर्को आलोचना गरेका छन् । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका सांसद प्रकाश रसायलीले मूल्य वृद्धिविरुद्ध शान्तिपूर्ण विरोध प्रदर्शनमा उत्रिएका आफ्नो पार्टीका नेता, कार्यकर्तालाई देशका विभिन्न भागमा सरकारले चरम यातना दिएको उल्लेख गर्दै तत्काल छानबिन गर्न समिति गठन गर्न सरकारसँग माग गरे । 

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा विशेष समय लिएर बोल्दै उनले सरकार नागरिकप्रति उत्तरदायी नभएको भन्दै आक्रोश पनि व्यक्त गरे । सांसद रसायलीले ‘सुःखी नेपाली, समृद्ध नेपाल’ बनाउने सरकारको संकल्पप्रति पनि व्यंग्य गरे । 

Agni Group

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले ठगी गर्ने ठेकेदारहरुलाई तत्काल कार्वाही नगरे सरकारको औचित्य समाप्त हुने चेतावनी दिए । उनले कर्मचारीहरुलाई व्यवसाय संचालन गर्ने विधेयक ल्याउन लागेको भन्दै आपत्ति पनि जनाए । 

राष्ट्रिय जनमोर्चाकी सांसद दूर्गा पौडेलले प्युठानमा गौमुखी पर्यटन क्षेत्रको विकास गर्न सरकारसँग माग गरिन् । सांसदहरुले बाढि, पहिरो र डुबान समस्या समाधान लागि उपयुक्त कदम चाल्न पनि सरकारलाई पुनः दवाव दिएका थिए ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार ८, २०७५  १४:१८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC