site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
किन देखियो अर्जेन्टिना कमजोर? हार्नुको मुख्य कारण गोलकिपर !
Ghorahi CementGhorahi Cement

एजेन्सी । सदावहार चम्किने टिमको रुपमा दरिएको अर्जेन्टिना रसिया विश्वकपमा भने कमजोर सावित भएको छ । अर्जेन्टिना क्रोएसियासँग ३–० गोलको अकल्पनीय तरिकाले पराजित भएसँगै विश्वकपको समूह चरणबाटै बाहिरिने पो हो कि भन्ने चिन्ता बढेको छ । विश्वकप सुरु हुनुभन्दा अघि उपाधिको दाबेदार राष्ट्रको रूपमा हेरिएको अर्जेन्टिना यतिबेला कठिन मोडमा छ ।

पहिलो खेलमा डेब्यु टिम आइसल्याण्डलाई पराजित गर्दै सुखद सुरुवात गर्ने लक्ष्यमा रहेको अर्जेन्टिना त्यहि असफल बनेको थियो । विश्वकपअन्तर्गत समूह चरणको आफ्नो पहिलो खेलमा १ अंक बटुलेको अर्जेन्टिनाको लागि फेरी बाधक बन्यो क्रोएसिया ।

\"\"

Agni Group

अर्जेन्टिना आफूभन्दा कमजोर मानिएको क्रोएसियासँग पराजित हुनुका तीन कारण यस्ता छन् :

१. विलफ्रेडोको गल्ती

Global Ime bank

अर्जेन्टिना हार्नुको मुख्य कारण गोलकिपर विलफ्रेडो क्याबलेरोको गल्ती पनि हो । उनकै गल्तीको कारण अर्जेन्टिना पराजय हुनुको मुख्य टर्निङ प्वाइन्ट बन्यो ।

अर्जेन्टिनाका मुख्य गोलकिपर सर्जियो रोमेरो घाइते हुनु अर्जेन्टिनाको लागि दुर्भाग्य जस्तै सावित भएको छ । उनी चोटग्रस्त बनेपछि उनको स्थानमा विलफ्रेडोले विश्वपक खेल्न पाएका हुन् ।

\"\"

बिहीबार राति भएको खेलमा अर्जेन्टिना क्रोएसियासँग हार्दा विलफ्रेडोले राम्रो खेल्न सकेनन् । खेलको ५३ औं मिनेटमा विलफ्रेडोले गरेको एक गल्ती अर्जेन्टिनाको हारको कारण बन्यो ।
डिफेन्डर गाब्रियल मेरार्काडोले डिबक्सभित्र गोलकिपर बिलफ्रेडोलाई पास दिएका थिए । तर, गोलकिपर बिलफ्रेडोले त्यो बललाई पुनः गाब्रियललाई नै पास दिन खोजेका थिए । तर

उनको पास सहि ठाउँमा पुग्न सकेन । नजिकै रहेका कोष्टारिकाका खेलाडी एन्टे रेविकले विल्फ्रेडोको गल्तीको फाइदा उठाउँदै गोल गर्दै अग्रता दिलाए ।

बाँकी दुई गोल पनि बिलफ्रेडोले बचाउन सक्थे तर, उनले सकेनन् ।

२. कमजोर डिफेन्सलाई 

अर्जेन्टिनाको अहिलेसम्मकै कमजोर डिफेन्सलाई क्रोएसियाविरुद्धको खेलमा देखियो । लगातार अर्जेन्टिनाले ३ गोल खादा डिफेन्सलाइनका पूरै खेलाडी चुकेका थिए ।

अर्जेन्टिनाको डिफेन्स लाइनमा निकोलास टाग्लियाफिको, गाब्रियल मेरार्काडो, मार्कुस एकुना, जाभियर मासिरानो जस्ता अनुभवि खेलाडी थिए । तर, अर्जेन्टिनाको डिफेन्स लाइन चल्न सकेन । पहिलो हाफसम्म गोलरहित बराबरीमा रोकेको अर्जेन्टिनाले दोस्रो हाफमा भने ३ गोल खान पुगेको थियो ।

\"\"

एक गोल खाएपछि धरमराएको अर्जेन्टिनी डिफेन्सले एकपछि अर्को गल्ती गरेको थियो ।

३. फरवार्ड नचल्नु

विश्वकप सुरु हुनभन्दा अगाडि अर्जेन्टिनालाई अहिलेसम्मकै आक्रमक टिम बनेको भन्ने गरिन्थ्यो । तर विश्वकपमा अर्जेन्टिनाले खेलेको दुई खेलमा फरवार्ड लाइन चल्न सकेन ।

विशेषगरी विश्वचर्चित खेलाडी तथा अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी चल्न सकेनन् । अर्जेन्टिनाले उनीमाथि नै पूरा विश्वास गरेको थियो । तर, दुई खेलमा मेस्सीले त्यस्तो कुनै जादु नै देखाएनन् बरु आइसल्याण्डविरुद्ध पाएको पेनाल्टी पनि मिस गरे ।

क्रोएसियाविरुद्ध अर्जेन्टिनाले पहिलो रोजाइमा २ फरवार्ड मैदानमा उतारेको थियो । कप्तान लियोनल मेस्सी र सर्जियो अगुएरो । 

अर्जेन्टिनाले क्रोएसियासँग खेल्दै गर्दा जति दबाब थियो त्यो भन्दा बढि कप्तान मेस्सीमा दबाब थियो । पहिलो खेलमा नै पेनाल्टीमा चुकेको, पूरै टिमले उनीमाथि विश्वास लगायतका कुराले मेस्सीमाथि ठूलो चुनौती थियो । 

अर्जेन्टिनाले क्रोएसियाविरुद्ध गोल गर्ने अवसर पनि पाएको थियो तर त्यसको सदुपयोग गर्न मेस्सी र अन्य खेलाडी चुकेका थिए । 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार ८, २०७५  १२:३८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC