site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
डेनमार्क र अष्ट्रेलियाले १–१ गोलको बराबरी खेल्दै अंक बाँडे
Ghorahi CementGhorahi Cement

एजेन्सी । रसियामा जारी विश्वकप फुटबलअन्तर्गत समूह ‘सि’ को खेलमा अष्ट्रेलिया र डेनमार्कले बराबरी खेलेका छन् । अष्ट्रेलिया र डेनमार्कले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् ।

अष्ट्रेलियाले दोस्रो हाफमा बल आफ्नो नियन्त्रणमा राख्दै एकपछि अर्को प्रहार गरेको थियो । तर गोल गर्न भने सकेन । खेलको ८८औं मिनेटमा अष्ट्रेलियाले २ पटक सर्ट प्रहार गरेको थियो तर, डेनमार्कमा गोलकिपरले उत्कृष्ट बचाउ गरेका थिए ।

Agni Group

यसअघि डेनमार्क र अष्ट्रेलियाले पहिलो हाफमा १–१ गोलको बराबरी खेलेका थिए । डेनमार्कले लिएको सुरुवाती अग्रतालाई जोगाउन नसक्दा बराबरी खेलेको थियो । अष्ट्रेलियाका लागि माइल जेडिनाकले गोल गर्दै १–१ गोलको बराबरीमा पु¥याएका थिए । खेलको ३८औं मिनेटमा डेनमार्कका खेलाडीले डिबक्सभित्र हातले बल रोकेपछि अष्ट्रेलियाले पेनाल्टी पाएको थियो । पेनाल्टीमा जेडिनाकले गोल गरेका थिए ।

यसअघि खेलको सातौ मिनेटमा नै क्रिस्टियन इरिकसेनले गोल गर्दै डेनर्माकलाई अग्रता दिलाएका थिए ।

Global Ime bank

खेल बराबरीमा टुंगिएपछि दुबै टिमले १–१ अंक बाँडेका छन् । डेनमार्कको २ खेलमध्ये १ मा जित र एक खेलमा बराबरी खेल्दै ४ अंक भएको छ । यता, अष्ट्रेलियाको भने २ खेलमध्ये १ खेलमा हार र १ खेलमा बराबरी खेल्दै १ अंक भएको छ । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार ७, २०७५  १९:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC