site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
उरुग्वे र साउदी अरबबीचको खेल सुरु, स्वारेज र काभनीलाई रोक्ला साउदीले
Ghorahi CementGhorahi Cement

एजेन्सी । रसियामा जारी विश्वकप फुटबलअन्तर्गत आज समुह ‘ए’ को खेलमा उरुग्वे र साउदी अरबबीचको खेल सुरु भएको छ । लगातार दोस्रो खेलमा जित हात पार्दै उरुग्वे नकआउट चरणमा पुग्ने रणनीतिमा छ ।

२ पटक विश्वकपको उपाधि उचालेको उरुग्वे जारी विश्वकपकै कमजोर राष्ट्रको रुपमा रहेको साउदी अरबबीच प्रतिस्पर्धा सुरु भएको हो । स्टार खेलाडीले भरिएको उरुग्वेलाई रोक्नु साउदी अरबको लागि फलामको चिउरा चपाएजस्तै हुनेछ ।

Agni Group

समूह चरणको पहिलो खेलमा उरुग्वेले इजिप्टलाई १–० गोलअन्तरले पराजित गरेको थियो । यता, साउदी अरबभने आयोजक रसियासँग ५–० गोलको फराकिलो अन्तरले पराजित भएको थियो ।

आजको खेलमा साउदी अरब पराजित भएमा विश्वकपबाटै बाहिरिने छन् भने आयोजक रसिया र उरुग्वे नकआउट चरणमा पुग्ने छन् । रसियाले यसअघि भएको दुई खेलमा नै जित हात पार्दै ६ अंक बटुलेको छ । रसियाले मंगलबार राति इजिप्टलाई ३–१ गोलअन्तरले पराजित गरेको थियो । उरुग्वेले साउदी अरबलाई पराजित गरेमा उसको पनि ६ अंक हुने छ भने उरुग्वे र रसिया एक खेल खेल्नु अघि नै प्रिक्वाटरफाइनलमा पुग्ने छन् ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार ६, २०७५  २०:४८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC