अर्थ व्यवसाय
काठमाडौं । नेपाली बीमा बजारमा नयाँ ईन्स्योरेन्स कम्पनी जनरल ईन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडले बुधबारदेखि आफ्नो उपस्थिति जनाएको छ । कम्पनीले बीमा समितिबाट संचालनको अन्तिम स्वीकृति प्राप्त गरेपछि बुधबारबाट कम्पनीको कर्पाेरेट कार्यालय काठमाडौं हात्तिसारबाट एक औपचारिक कार्यक्रमकाबीचयस कम्पनीका अध्यक्ष कुनाल क्यालले कार्यालय उद्घाटनपछि सेवा शुभारम्भ गरेको छ ।
कम्पनीको कूल चुक्ता पुँजीमध्ये ७० प्रतिशत लगानी संस्थापकको र बाँकी ३० प्रतिशत सर्बसाधारणको रहने यस कम्पनिको चुक्ता पुँजी १अर्ब रुपैयाँ रहेको छ ।
प्रकाशित मिति: बुधबार, असार ६, २०७५ १८:५४
प्रतिक्रिया दिनुहोस्