site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

 इन्डोनेसिया । इन्डोनेसियामा भएको एउटा डुङ्गा दुर्घटनामा परी करिब १८० व्यक्ति वेपत्ता भएका छन् । खोजीकार्य जारी रहेकाले अझै पनि सो डुङ्गामा कति व्यक्ति सवार थिए भन्ने बारेमा यकिन हुन भने सकेको छैन । 

प्रख्यात पर्यटकीय स्थलको रूपमा रहेको सुमात्रा द्वीपको तोबा तालमा सोमबार अपराह्न सो डुङ्गा दुर्घटना भएको थियो । डुबेका वा बेपत्ता भएका व्यक्तिहरूलाई बचाउने क्रममा मङ्गलबारदेखि नै खोजी तथा उद्धार कार्यका लागि सयौँको उद्धारकर्मीको टोली खटिएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

हालसम्म यस उद्धारकार्यको क्रममा तीन व्यक्तिको मृत्यु भएको अन्य १८ जनालाई उद्धार गरिएको जानकारी दिइएको छ । विना टिकट नै यात्रा गरेकोले डुङ्गा गैरकानूनी भएको बताइएको छ । 

इन्डोनेसियामा करिब १७ हजार द्वीप रहेका र यस द्वीपमा यातायातको प्रमुख साधनका रुपमा डुङ्गा प्रयोग हुने गरेको छ । 

Global Ime bank

इन्डोनेसियामा गत हप्ता सुलावेसी द्वीपमा काठबाट बनेको एक डुङ्गा दुर्घटना हुँदा करिब ४० व्यक्ति डुबेका थिए । तीमध्ये एक दर्जनभन्दा बढीको मृत्यु भएको थियो । रासस/एएफपी

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार ६, २०७५  २३:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC