देश
काठमाडौं । चुडामणि उप्रेति गोरे समूहले विदेशबाट ल्याउने अवैध सुन खरिद गरेको अभियोगमा व्यवसायी विमल पोद्दार पक्राउ परेका छन् । छानबिन अनुसन्धान टोलीले उनलाई पक्राउ गरी अनुसन्धान थालेको एक सदस्यले बताए ।
उनका अनुसार ती व्यवसायीलाई गोरेको समूहले ल्याएको सुन खरिद गरी बजारमा पठाएर नाफा खाने गरेको आरोप छ ।
मंगलबार बेलुका उनलाई पक्राउ गरी अनुसन्धान जारी राखिएको समितिका एक सदस्यले बाह्रखरीलाई बताए । यसअघि माघ ९ गते नेपाल भित्रिएको साढे ३३ किलो सुन र सनम शाक्य हत्या प्रकरणसँग जोडिएर ६३ जनालाई अनुसन्धानको दायरामा ल्याइएको थियो ।
तीमध्ये केहि अझै फरार छन् भने केहि पूर्पक्षका लागि थुनामा छन् ।
प्रकाशित मिति: बुधबार, असार ६, २०७५ १५:०२
प्रतिक्रिया दिनुहोस्