site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

भक्तपुर । गैर सरकारी संस्थाको सञ्चालन, व्यवस्थापन प्रभावकारी बनाइ सुशासन, पारदर्शिता अभिवृद्धि गर्ने उद्देश्यले चाँगुनारायण र सूर्यविनायक नगरपालिकामा छुटृाछुटृै नगरस्तरीय गैसस समन्वय समिति गठन गरिएको छ । 

गैसस महासंघ भक्तपुर जिल्ला शाखाले दुई नगरपालिकासँग संयुक्तरुपमा छुट्टाछुट्टै आयोजना गरेको गैसस अन्तक्र्रिया तथा समिति गठन कार्यक्रममा दुवै नगरपालिका क्षेत्रका गैससको सहभागितामा ११ सदस्यीय समन्वय समिति गठन गरिएको हो । 

Prabhu Bank
Agni Group
NIC Asia

चालु आर्थिक वर्षमा दर्ता र नवीकरण गरेका ६२ गैरसरकारी संस्था रहेको चाँगुनारायण नगरपालिकामा जयराम थापाको संयोजकत्वमा मनिषा कार्की सहसंयोजक, राजकुमार लामिछाने सचिव, हरिशरण लामिछाने कोषाध्यक्ष पदमा तथा सदस्यहरूमा प्रह्लाद वन, संगीता फुयाँल आचार्य, सुमित्रा चौलागार्इं, चेतन श्रेष्ठ, राजीव बर्देवा, अरुणा तिमिल्सिना र यादव अधिकारी निर्विरोध चयन भएका छन् । 

सूर्यविनायक नगरपालिकामा अनिता पाण्डेको संयोजकत्वमा धर्मराज भुसाल सहसंयोजक, दीपेश विशुंके सचिव र नारायणप्रसाद राजथला कोषाध्यक्ष पदमा तथा सदस्यमा अम्बिकाकुमारी थापा, सिर्जना शर्मा, बिन्दु उपाध्याय, खगेन्द्र मेघी गुरुङ, धर्मराज बस्नेत, अशोककुमार प्रधान र मुकुन्दप्रसाद लुइँटेल निर्विरोध चयन भएका छन् । 

Global Ime bank

अन्तक्र्रिया कार्यक्रममा गैसस सञ्चालकले नगर क्षेत्रभित्रका गैससका प्रतिनिधिले मुलुकको संघयी संरचनाअनुरुप कानूनी अस्पष्टताका कारण संस्था दर्ता, नवीकरण प्रक्रियामा अन्योल सिर्जना भएको र नयाँ ऐन जारी हुन नसक्दा गैसस सञ्चालनमा समस्या भएको गुनासो गरेका थिए । 

जिल्ला समन्वय समिति प्रमुख नवराज गेलालले गैससलाई रुपान्तरण गर्दै सामाजिक विकासमा सरकारी निकायको सहयोगीका रुपमा उपयोग गर्नुपर्ने औँल्याए। 

सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाले गैसस स्थानीय सरकारलाई सहयोग गर्ने महत्वपूर्ण निकाय भएकाले ती संस्थाको सुशासन र पारदर्शिता अभिवृद्धि गरी नगरपालिकाले परिचालन गर्ने बताए । 

गैसस महासंघका जिल्ला अध्यक्ष सोम शर्मा बजगाईंले गैससलाई अद्यावधिक गरी उद्देश्य, क्षमता र आवश्यकताका आधारमा स्थानीय सरकार मातहत व्यवस्थितरुपमा परिचालन गर्न नगर समिति प्रभावकारी हुनेमा जोड दिए । रासस

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार ६, २०७५  १४:३९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC