site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
रोनाल्डोलाई रोक्नै गाह्रो, ठूला ८ प्रतियोगितामा लगातार गोल गर्ने एक्ला खेलाडी
Sarbottam CementSarbottam Cement

एजेन्सी । जारी विश्वकप फुटबलको एक स्टार अनुहार हो क्रिष्टियानो रोनाल्डो । पोर्चुगलका कप्तान रोनाल्डोले आफ्नो पहिलो खेलमा नै उत्कृष्ट प्रदर्शन गर्दै ह्याट्रिक गोल गरे । 

रसियामा जारी विश्वकप फुटबलमा समूह बी मा रहेको पोर्चुगलले आफ्नो पहिलो खेलमा स्पेनसँग ३–३ गोलको बराबरी खेल्दा रोनाल्डोले तीनै गोल गरेका थिए । अन्तिम समयमा फ्रि किकबाट उत्कृष्ट गोल गर्दै पोर्चुगललाई हारबाट जोगाएका रोनाल्डोलाई अबको खेलमा रोक्न अन्य टिमलाई धौ–धौ पर्न सक्ने अन्तर्राष्ट्रिय मिडियाले उल्लेख गरेका छन् ।

निकै लयमा देखिएका रोनाल्डो स्पेनविरुद्ध गोलगरेसँगै आफ्नो नाममा कीर्तिमानी कायम गर्न समेत भ्याए । उनले खेलेको ४ वटै विश्वकपमा गोल गर्दै आफ्नो क्षमता देखाएका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

\"\"

ठूला ८ प्रतियोगितामा लगातार गोल गर्ने एक्ला खेलाडी

Global Ime bank

क्रिस्ष्टियानो रोनाल्डो त्यस्ता खेलाडी हुन् जसले ८ ठूला प्रतियोगितामा लगातार गोल गर्दै विश्व कीर्तिमान बनाएका छन् । उनले स्पेनविरुद्धको खेलमा गोलगरेसँगै यस्तो कीर्तिमान बनाएका हुन् ।

रोनाल्डोले विश्वकप फुटबलमा सन् २००६, २०१०, २०१४ र २०१८ मा लगातार गोल गरे । त्यस्तै मिनी विश्वकपको रुपमा परिचित युरोकपको लगातार ४ संस्करणसम्म गोल गरेका छन् । सन् २००४, २००८, २०१२ र २०१६ को युरोकपमा रोनाल्डोले लगातार गोल गरेका थिए ।

सन् २००३ देखि राष्ट्रिय टोलिमा आवद्ध भएका रोनाल्डोले सन् २००६ मा जर्मनीमा भएको विश्वकप खेलेका थिए । उनले आफ्नो डेब्यु विश्वकपमा नै १ गोल गरेका थिए । इंग्ल्याण्ड र इरानविरुद्ध दुई गोल गरेका रोनाल्डोले सन् २०१० मा भएको विश्वकप फुटबलमा उत्तर कोरिया विरुद्ध पोर्चुगलले ७–० गोलअन्तरले पराजित उनले पनि एक गोल गरेका थिए ।

सन् २०१४ को विश्वकप पोर्चुगलको लागि बिर्सन लायक बन्दा रोनाल्डो पनि असफल भएका थिए । आफ्नै कप्तानीमा पोर्चुगल समूह चरण पनि पार गर्न नसक्दा रोनाल्डोलाई त्यसबेला निकै पिर परेको थियो । यद्यपी समूह चरणको अन्तिम खेलमा पोर्चुलले घानालाई २–१ गोलअन्तरले पराजित गर्दा रोनाल्डोले पनि एक गोल गरेका थिए ।

यसअघि खेलेका ३ विश्वकपबाट ३ गोल मात्रै गर्न सफल भएका रोनाल्डो यो विश्वकपमा भने निकै लयमा देखिएको छ । आफ्नो पहिलो खेलमा नै ३ गोल गरिसकेका छन् ।

\"\"

रोकिँदैनन् रोनाल्डो 
 

बलियो प्रतिद्वन्द्वी स्पेनविरुद्ध उत्कृष्ट प्रदर्शन गर्दै ह्याट्रिक गोल गरेका रोनाल्डोले अबका खेलमा कति गोल गर्लान् ? त्यसो त, समूह चरणमा अब पोर्चुगलले कमजोर टिमसँग खेल्दैछ । 

पोर्चुगलले समूह चरणमा अब मोरक्को र इरानसँग प्रतिस्पर्धा गर्न बाँकी छ । पहिलो खेलमा नै ३ गोल गरेका रोनाल्डोले यी दुई खेलमा पनि उत्कृष्ट प्रदर्शन गर्ने सबैको अनुमान छ । रोनाल्डो रसियामा जारी विश्वकप फुटबलको गोल्डेन बुटको दाबेदार पनि हुन् ।

\"\"

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार ६, २०७५  ०८:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC