site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
अपग्रेड जुपिटर क्लासिक, यस्ता छन् त यसका फिचर (भिडियोसहित)
Ghorahi CementGhorahi Cement

काठमाडौं । पुरानो भर्सनको जुपिटरका थुप्रै फिचरहरुलाई अपग्रेड गरी ल्याइएको स्टाइलिस भर्सनको स्कुटर हो, “जुपिटर क्लासिक” । हेर्दै क्लासिक देखिने जुपिटर क्लासिकले चालकलाई सुखद अनुभूति र उच्च गति प्रदान गर्नुका साथै सडकमा पनि निकै आकर्षक देखिन्छ । 
यसको युनिक फिचर भनेको युनिक तथा स्टाइलिस कभर स्टाइल, व्यवहारिकपन र मूल्य नै हो । उपभोक्ताले कम मूल्यमा यस किसिमको उच्च क्लासिक देखिने शक्तिशाली तथा आरामदायी अन्य स्कुटर नेपाली बजारमा पाउन मुिस्कल छ ।

केके छन् त यसका फिचर ?

फुल आलमुनियम बडी तथा सनलाइट आइभोरी कलर रहेको टीभीएस क्लासिकमा एलिगेन्टफुल क्रोम मिरर, विन्ड सिल, डिकेल्स, सेल्फ स्टार्ट तथा स्मार्ट युएसबी चार्जरलगायतका फिचर छन् ।  आरामदायी २ जना बस्न मिल्ने लेदर सिट रहेको जुपिटरमा ठूलो लेग स्पेस छ भने उच्च सीसी बाइकमा हुने टेलिस्कोपिक सक प्रयोग गरिएको छ । सकले स्कुटरलाई उफ्रन दिँदैन । 

Agni Group

पूर्णरुपमा आल्मुनियम बडी भएकाले ‘टिभिएस जुपिटर क्लासिक’को मर्मत खर्च पनि कम लाग्छ । यसको एक्सीलेरेसन एकदमै उच्च कोटीको छ भने इन्धन खपत न्यून र प्रभावकारी रहेको छ । यसको फ्रन्ट ह्वीलमा प्रयोग गरिएको डिस्क सिन्क ब्रेक, १२ इन्चको ठूलो आकारको चक्काले यसमा सवार गर्नेलाई थप सुरक्षा दिन्छ ।

फ्रन्ट किक स्टार्टको सुविधा भएको जुपिटर क्लासिक सेल्फ स्टार्ट नभएको बेलामा अन्य स्कुटरझैं ओर्लेर किक गर्नुपर्दैन । यसमा इन्धन भर्नका लागि सिट पनि खोलिरहनु पर्दैन किनकी यसको फ्युल ट्यांक सिटको बाहिरैपट्टि छ ।

Global Ime bank

चलाउन निकै सजिलो यो स्कुटरमा टिभिएस प्याटेन्ट इकोमिटर जडान गरिएको छ, जसको सहायताले इको मोड र पावर मोड दुबैमा चलाउन सकिन्छ । इको मोडमा गुडाउँदा इन्धन बचत हुन जान्छ । यसबेला स्कुटरले ५० किलोमिटरभन्दा बढी प्रतिलिटरको माइलेज दिने कम्पनीको दावी छ ।

टीभीएस जुपिटरका अन्य फिचरमा सधैं बलिरहने क्लियर लेन्स भएको हेडल्याम्प, एन्टि थेप्ट लकिङ, पासलाइट पनि उपलब्ध छ, जुन अन्य सामान्य स्कुटरमा उपलब्ध हुँदैन ।

बीएस–फोर ११० सिसिको एअर कुल्ड कम्प्लाइन्ट इन्जिनले ८ बीएचपी प्रति ७५ सय आरपीएमको अधिकतम पावर पैदा गर्छ । यसको उच्चतम टर्क क्षमता ८ न्युटन मिटर प्रति ५५ सय आरपीएम रहेको छ । यस्तो क्षमता बजारमा पाइने ११० सीसीका अन्य स्कुटरको हुँदैन ।
टीभीएस जुपिटर क्लासिकको बजार मूल्य १ लाख ९३ हजार ९०० रुपैयाँ पर्ने टिभिए मोटर्सको नेपालका लागि आधिकारिक विक्रेता जगदम्बा मोटर्सले जनाएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार ६, २०७५  ०७:४८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC