site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
आयोजक रसिया विश्वकपको नकआउट चरण नजिक, इजिप्ट ३–१ गोलले पराजित
Sarbottam CementSarbottam Cement

एजेन्सी । विश्वकप फुटबलअन्तर्गत समूह ‘ए’ मा भएको खेलमा आयोजक रसियाले लगातार दुई खेलमा जित हात पारेको छ । इजिप्टलाई ३–१ गोलअन्तरले पराजित गरेसँगै रसियाको विश्वकप फुटबलको प्रिक्वाटरफाइनलमा प्रवेश निश्चित जस्तै भएको छ ।

पहिलो खेलमा साउदी अरबलाई ५–० गोलअन्तरले पराजित गरेको रसियाले दोस्रो खेलमा इजिप्टलाई ३–१ गोलले पराजित गर्दै नकआउट चरणमा पुग्ने सम्भावना बलियो बनाएको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

रसियाको जितका लागि डेनिस चेरिशेभ र आर्टिम ज्युबाले गोल गरे भने एक गोल उपाहार स्वरुप पाएको थियो । त्यस्तै, इजिप्टका लागि मोहमद सलाहले एक गोल फर्काए ।

दुबै टिमले पहिलो हाफसम्म गोलरहित बराबरी खेलेका थिए । गोल गर्ने अवसर पाएपनि सदुपयोग गर्न नसक्दा दुबै टिमले पहिलो हाफमा अग्रता बनाउने मौका गुमाएका थिए ।

Global Ime bank

इजिप्टका कप्तान अहमद फाथीले आत्मघाती गोल गरेपछि रसियाले दोस्रो हाफमा १–० गोलको अग्रता लिएको थियो । खेलको ४७औं मिनेटमा इजिप्टका कप्तान फाथीले आत्मघाती गोल गर्न पुगे । इजिप्टले आत्मघाती गोल खाएपछि खराब प्रदर्शन गरेको थिए ।

त्यस्तै, रसियाका डेनिस चेरिशेभ र आर्टिम ज्युबाले गोल गर्दै ३–० गोलको अग्रता दिलाएका थिए । खेलको ५९औं मिनेटमा चेरिशेभले गोल गर्दै रसियालाई २–० गोलको अग्रता दिलाएका थिए । त्यसको ३ मिनेटपछि खेलको ६२औं मिनेटमा ज्युबाले गोल गर्दै रसियालाई ३–० गोलको अग्रतामा पुर्याएका थिए । खेलको ७३औं मिनेटमा इजिप्टले गोल फर्काएको थियो । रसियाका खेलाडीले डिबक्सभित्र इजिप्टका खेलाडीलाई फल गरेपछि पेनाल्टी पाएको थियो । पेनाल्टीबाट मोहमद सलाहले गोल गर्दै इजिप्टलाई ३–१ गोलको स्थितिमा पुर्याएका थिए । तर बाँकी समयमा इजिप्टले गोल गर्न नसकेपछि रसियाले ३–१ गोलले जित हात पारेको हो ।

जितसँगै आयोजक रसियाको ६ अंक भएको छ । लगातार दुई खेलमा पराजित भएको इजिप्टको भने समूह चरणबाटै बाहिरिने सम्भावना प्रवल रहेको छ ।

 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार ६, २०७५  ०२:१२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC