site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
रसियाविरुद्ध इजिप्टले गोल फर्कायो, खेल ३–१ गोलको स्थितिमा
Ghorahi CementGhorahi Cement

एजेन्सी । रसियामा जारी विश्वकप फुटबलअन्तर्गत समूह ‘ए’ को खेलमा इजिप्टले रसियाविरुद्ध गोल फर्काएको छ । इजिप्टका मोहमद सलाहले पेनाल्टीबाट गोल गर्दै रसियाविरुद्ध गोल फर्काएका हुन् ।

रसियाका खेलाडीले डिबक्सभित्र इजिप्टका खेलाडीलाई फल गरेपछि पेनाल्टी पाएको थियो । खेलको ७३औं मिनेटमा पेनाल्टीबाट सलाहले गोल गरे ।

Agni Group

यसअघि रसियाका डेनिस चेरिशेभ र आर्टिम ज्युबाले गोल गर्दै ३–० गोलको अग्रता दिलाएका थिए । खेलको ५९औं मिनेटमा चेरिशेभले गोल गर्दै रसियालाई २–० गोलको अग्रता दिलाएका थिए । त्यसको ३ मिनेटपछि खेलको ६२औं मिनेटमा ज्युबाले गोल गर्दै रसियालाई ३–० गोलको अग्रतामा पुर्याएका थिए ।

इजिप्टका कप्तान अहमद फाथीले आत्मघाती गोल गरेपछि रसिया १–० गोलले अघि थियो । खेलको ४७औं मिनेटमा इजिप्टका कप्तान फाथीले आत्मघाती गोल गर्न पुगे । इजिप्टले आत्मघाती गोल घाएपछि खराब प्रदर्शन गरेको छ ।

Global Ime bank

दुबै टिमले पहिलो हाफसम्म गोलरहित बराबरी खेलेका थिए । गोल गर्ने अवसर पाएपनि सदुपयोग गर्न नसक्दा दुबै टिमले पहिलो हाफमा अग्रता बनाउने मौका गुमाएका थिए ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार ६, २०७५  ०१:२३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC