site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
ट्रम्पले अन्तरिक्षमा नयाँ ‘स्पेस फोर्स’ तयार गर्ने 
Sarbottam CementSarbottam Cement

बीबीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘स्पेस फोर्स’ अर्थात अन्तरिक्ष सेनालाई छैठौँ शाखा बनाउन चाहेको उल्लेख गरेका छन् । सोमबार नै उनले देशका सुरक्षाका निम्ति अन्तरिक्षमा समेत अमेरिकाको बलियो र प्रभावकारी उपस्थिति रहोस् भन्ने उद्देश्यले सो योजना सार्वजानिक गरेको बताएका हुन् । 

उनका अनुसार यो अलगै किसिमको सेना हुनेछ जसले केबल देशको सुरक्षामा मात्र नभएर रोजगारी र अर्थव्यवस्थामा पनि ठूलो योगदान पुर्याउनेछ । यसका साथै उनले अबपनि प्रविधिको विषयमा रुस र चीन जस्ता देशहरुलाई अमेरिका भन्दा अगाडि रहन दिनु उचित नहुने बताएका हुन् । त्यसैगरी ट्रम्पले अब आउँदो भविष्यमा अमेरिका फेरि चन्द्रमा पुग्ने वचन दिएका छन् र मंगल ग्रहमा पठाउन समेत चाँडै तयारी गर्ने बताएका हुन् ।

Prabhu Bank
Agni Group
NIC Asia

सोमबार ट्रम्पले राष्ट्रिय स्पेस काउन्सिलका साथ हुन लागेको बैठकपूर्वको पत्रकार सम्मेलनमा बोल्दै रक्षा विभाग र पेन्टागनलाई आदेश दिएका हुन् । ट्रम्पले आफ्नो बयानमा तीव्र रुपमा अघि बढिरहेको स्पेस इन्डस्ट्रीसँग कदममा कदम मिलाएर काम गर्ने संकेत दिएका छन् । त्यसैगरी उनले देशका धनी नागरिकहरुलाई देशको सम्पतिको प्रयोग गरि अन्तरिक्षमा रकेट लन्च गर्ने अनुमति पनि दिने बताएका हुन् । 

तरपनि यसले कसरी काम गर्ने र नयाँ स्पेस फोर्सको रुप कस्तो हुनेछ भन्नेमा चाहिँ अझै स्पष्ट जानकारी प्राप्त भएको छैन । 

Global Ime bank

यसरी सेनाको नयाँ शाखा बनाउन पहिले अमेरिकी कांग्रेसले यस सम्बन्धी कानून पारित गरि ट्रम्पको यस फैसलालाई वैध तुल्याउनु पर्ने हुन्छ । यसरी भाषण दिँदै गर्दा ट्रम्प निकै हर्षित देखिएका थिए तरपनि ट्रम्पले अचानक स्पेस आर्मीको कुरा गर्दा पहिले त सबै अचम्ममा परेका हुन् । यो भन्दा पहिले अमेरिकाका पूर्व रक्षा मन्त्री डोनाल्ड रम्सफील्डले पनि सन् २००० मा एउटा अलग स्पेस फोर्स तयार गर्ने प्रस्ताव राखेका थिए तर यसको कुनै परिणाम निस्किएन ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार ६, २०७५  ०५:१९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC