site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
यस्ता छन् २०१८ विश्वकपमा अहिलेसम्मका ठूला झट्का
Ghorahi CementGhorahi Cement

एजेन्सी । चार वर्षको पर्खाइपछि रुसमा सुरु भएको विश्वकपका कारण अहिले सबैतिर उत्साहजनक वातावरण छाएको छ । तर पनि योपटकको २१ औँ विश्वकपमा केही उत्कृष्ट टिमहरुले सोचे जस्तो प्रस्तुति दिन सकेनन् भने केहीले आश्चर्यजनक खेल खेलेर सबैलाई अचम्मित पारेका छन् । यस्तोमा फुटबल फ्यान लगायत समर्थकहरुलाई भने अहिलेको नतिजाले निकै ठूलो झट्का दिएको छ । 
१. साउदी अरबविरुद्ध रुसको शानदार जित
 

अहिलेसम्मको सबैभन्दा आश्चर्यजनक प्रस्तुति खेलको उद्घाटन समारोहमै देख्न पाएका हौँ जसमा फिफा बरीयतामा सबैभन्दा तल रहेको टिमले आफ्नो समूहमा पाँच गोलले अग्रता लिँदै शीर्ष स्थान हासिल गरेको छ । आफ्नो घरेलु मैदानमा भएको पहिलो खेलमै साउदीविरुद्धको कडा प्रस्तुतिमा रुसले समय पूरा नहुँदै तीन गोल गरिसकेको थियो भने थपिएको पाँच मिनेटमा समेत दुई गोल गरि थप अग्रता लिएको हो । यत्तिका धेरै अन्तरले गोल गरिसकेपछि अब रुसले समूह चरणबाट विजेता बन्ने सम्भावना बढेको छ भने उता राष्ट्रपति पुटिन पनि अहिले ज्यादै हर्षित छन् ।

२. डिफेन्डिङ च्याम्पियन जर्मनीको मेक्सिकोसँग हार

Agni Group

यसअघिको विश्वकप विजेता र सबैभन्दा लोकप्रिय टिम जर्मनीबाट हरकोहीले अपेक्षा गरेको थियो । त्यसैले अस्थिर टिम मेक्सिकोलाई उनीहरुले सहजै हराउने सबैले अनुमान गरे तर ओपनिङ म्याच मै प्रशिक्षक जुआन कार्लोस आसोरियोका मिहिनेति खेलाडी हर्भिङ लोजानोलले जर्मनीविरुद्ध ३५ औँ मिनेटमा गोल गरि अप्रत्यासित जित हासिल गरेका हुन् । उता जर्मनीले पूरै खेलभरि २६ पटकसम्म गोल गर्ने प्रयास गरिरह्यो तर एकपटक पनि बललाई पोस्ट भित्र पुर्याउन सफल भएनन् जसमा मेक्सिकोका गोलकिपर ग्युलिर्मो ओचोआको सबैभन्दा ठूलो योगदान रहेको छ । अन्तिम समयसम्म पनि उनले जर्मनीको कठिन भन्दा कठिन प्रहारलाई सफलतापूर्वक रोक्दै मेक्सिकोलाई निश्चित जित दिलाएका हुन् । 

३. ब्राजिलका सुपरस्टार स्वीसविरुद्ध जित्न असफल
 

Global Ime bank

विश्वका सर्वाधिक महङ्गा खेलाडी नेयमारसहित थुप्रै चर्चित खेलाडीहरु रहेको ब्राजिल टिमले पनि अपेक्षा गरिएभन्दा धेरै हल्का प्रस्तुती दिएको छ । फिलिप कोटिन्होको एक गोललाई पचासौँ मिनेटमा स्वीट्जरल्यान्डका स्टिभन जुबरको गोलले बराबरीमा पुर्याएपछि खेल यसै अङ्कमा अडिग रह्यो । तरपनि यस खेलमा ब्राजिलको प्रदर्शनी धेरै खराब बताइएको छ किनकी दोस्रो हाफमा नै नेमारले खेललाई आफ्नो पक्षमा पार्न सक्थे । यसका लागि ब्रािजलका कोचले भने आफ्ना खेलाडीसँग धेरै अन्याय भएको गुनासो गरेका छन् किनकी सो खेलमा नेयमारमाथि मात्र १० पटक फउल भएको छ । 

४. अर्जेन्टिनाविरुद्ध आइसल्यान्डले नसोचेको फल प्राप्त गर्यो
 

दुईपटक विजेता र यसअघिको उपविजेता रहिसकेको अर्जेन्टिना पहिलोपटक विश्वकपमा सहभागी आइसल्यान्डसँग बराबरीमा आउनुलाई अहिलेसम्मकै सबैभन्दा ठूलो झट्का मानिएको हो । ७८ प्रतिशत खेलमा अर्जेन्टिनाकै नियन्त्रण रहेपनि आइसल्यान्डले निकै कठोर प्रयास गरि बलियो खेल खेलेको हो । सर्जिओ अग्युरोले १३ औँ मिनेटमा गोल गर्दा अर्जेन्टिनाले यो खेल सजिलै जित्ने सबैको अनुमान थियो तर त्यसैको ४ मिनेटपछि अल्फेरो फिनबोगेसनले विश्वकपमा आइसल्यान्डको पहिलो गोल गरि इतिहास रचेका हुन् । 

५. विश्वका सर्वोत्कृष्ट खेलाडी पेनाल्टीमै चुकेपछि
 

पाँचपटकसम्म विश्वका उत्कृष्ट खेलाडीको शिर्षक पाइसकेका बार्सिलोनाका सुपरस्टार लिओनल मेस्सीसँग अर्जेन्टिनाका लागि पहिलो जित हासिल गर्ने धेरै राम्रो मौका थियो जब उनले २५ मिनेट बाँकी रहँदा पेनाल्टी पाएका थिए । तर आइसल्यान्डका गोलकिपर हनेस हाल्डोर्सनले उनको प्रहारलाई रोक्दै सबैलाई अचम्मित पारेका हुन् । तरपनि मेस्सीको पेनाल्टी रेकर्डबारे पहिले नै थाहा भइसकेकाले उनका फ्यानहरुका लागि भने यो कुनै नौलो कुरा थिएन । किनकी अर्जेन्टिना र बार्सिलोनाका लागि खेलिएका म्याचहरुमा ७ मध्ये उनले अहिले चौथोपटकको पेनाल्टी मिस गरेका हुन् । 

दुईवर्ष अगाडि कोपा अमेरिकाको फाइनलमा समेत उनले चिली विरुद्ध पेनाल्टि मिस गर्दा अर्जेन्टिना ४–२ ले पराजित हुनु परेको थियो । तर अहिले भने पेनाल्टिको कुरामा मात्र मेस्सी चुकिरहेका छैनन् । उनको ओभरअल प्रस्तुती समेत उनका सबैभन्दा ठूला प्रतिद्वन्द्वी क्रिस्टियानो रोनाल्डोको तुलनामा अत्यन्तै खराब साबित भएको छ । जहाँ रोनाल्डोले एक पेनाल्टि र फ्रिकिक सहित ३ गोल गरि पोर्चुगललाई स्पेनसँग बराबरीमा पुर्याए उता मेस्सीले चाहिँ पेनाल्टि र फ्रिकिक दुवै मिस गरि जितको महत्वपूर्ण अवसर गुमाएका हुन् । आफूलाई पनि पेनाल्टि मिस गरेकामा धेरै दुःख लागेको बताउँदै उनले यसमा आइसल्यान्डको डिफेन्सिभ शैलीलाई दोष दिएका छन् ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार ६, २०७५  ०५:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC