site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

जेनेभा । विश्वका विभिन्न देशमा जारी द्वन्द्व, हिंसा र अत्याचारका कराण सन् २०१७ को अन्त्यसम्ममा छ करोड ८५ लाख व्यक्ति विस्थापित भएका संयुक्त राष्ट्रसंघद्वारा हालै प्रकाशित एक विज्ञप्तिमा जनाइएको छ । यस प्रकार सर्वसाधारण आफ्नो देश या इलाकाबाट विस्थापित हुनेमा प्रायः म्यानमार र सिरियाका धेरै नागरिक रहेका छन् । 

सन् २०१७ को अन्त्यसम्ममा विश्वभरबाट विस्थापित हुने व्यक्तिको संख्या अघिल्लो वर्षको तुलनामा ३० लाखले बढेको पनि सो प्रतिवेदनमा जनाइएको छ । 

यसरी विस्थापित भएका व्यक्तिको गएको एक दशकयताको हिसाब गर्ने हो भने उक्त अवधिमा करिब ५० प्रतिशतले नै बृद्धि भएको पाइएको छ । एक दशकमात्र अघि यो सङ्ख्या चार करोड २७ लाख रहेको संयुक्त राष्ट्रसंघले प्रकाशन गरेको सो प्रतिवेदनमा जानकारी दिइएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

विस्थापितहरुको यो सङ्ख्या १० वटा देशको मात्र भएको जेनेभामा प्रतिवेदन प्रस्तुत गर्ने क्रममा संयुक्त राष्ट्रसंघीय उच्च शरणार्थी आयोगका आयुक्त फिलिपो ग्रान्डीले बताएका छन् ।  

सिरियामा सात वर्षसम्म जारी द्वन्द्वको क्रममा ६३ लाख व्यक्ति देश छोडी विदेशमा शरणार्थी बन्न बाध्य भएका छन् । यो सङ्ख्या विश्वभर रहेका शरणार्थीहरुको तुलनामा तीन भागको एक भाग हुन आउँछ । 

Global Ime bank

त्यसैगरी सिरियामा अरु करिब ६२ लाख व्यक्ति सिरियाभित्र नै आन्तरिकरुपमा विस्थापित भएका छन् । शरणार्थी सङ्ख्याको विषयमा सन् २०१७ मा गरिएको अध्ययनअनुसार दोस्रो स्थानमा अफगानिस्तान पर्छ । 

अफगागिस्तानमा त्यसअघिका वर्षको तुलानामा सन् २०१७ मा शरणर्थीका रुपमा विस्थापित भएर देश छोड्न बाध्य भएका व्यक्तिको सङ्ख्या पाँच प्रतिशतले बढेको पाइएको छ । 

अर्थात अफगानिस्तानमा सन् २०१७ मा २६ लाख व्यक्ति आफ्नो देश छोडी शरणार्थीका रुपमा विदेशिन बाध्य भएका थिए । यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकालाई आप्रवासीको शिवीर बन्न नदिने घोषणा गरेका छन् । 

उनले विगतको आफ्नो नीतिको बचाउ गर्दै सो धारणा राखेका हुन् । राष्ट्रपति ट्रम्पले आप्रवासी नीतिकै कारण जर्मन आफ्ना नेताको विरोधमा उत्रिन थालेको पनि बताउनुभएको वासिङ्टनबाट प्राप्त समाचारमा जनाइएको छ । रासस/एएफपी

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार ६, २०७५  ०४:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC