site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
‘वसन्त’ माथि अन्तरक्रिया सम्पन्न
Sarbottam CementSarbottam Cement

काठमाडौं । कवि बसन्त चौधरीको नविनतम काव्य कृति ‘वसन्त’ माथि अन्तरक्रियात्मक गोष्ठी सम्पन्न भयो । 

साङ्ग्रीला बुक्सद्वारा मंगलबार राजधानीमा आयोजित एक कार्यक्रममा कवि चौधरीको कविता संग्रह ‘वसन्त’ का कविताहरुमा समालोचकहरु डा. लक्ष्मण गौतम, डा. सावित्री मल्ल कक्षपती तथा कुमारी लामाले आफ्नो आफ्नो विचार व्यक्त गरेका थिए ।  
दुई महिना अघि नौ भाषामा प्रकाशित ‘वसन्त’ कविता संग्रह  माथि चर्चा गर्दै डा. सावित्री मल्ल कक्षपतिले चौधरीको कवितामा दर्शन चेत अधिक रहेको बताइन ।

Prabhu Bank
Agni Group
NIC Asia

निवन्धकार तथा समीक्षक कुमारी लामाले बसन्तका कवितामा प्रेमका आधारमा जीवन दर्शन अभिव्यक्त भएको उल्लेख गरिन । 

अर्का समालोचक डा. लक्ष्मण गौतमले कविता दुई किसिमबाट पढिने, एउटा हृदयले र अर्को मष्तिष्कले भन्दै उनका कविता हृदयले पढ्ने किसिमको भएको बताए । उनका कविता पढ्नमा सरल तर गम्भीर भाव बोकेको उनको भनाई थियो ।
अन्तरक्रिया कार्यक्रममा उठेका प्रश्नहरुको कवि बसन्त चौधरीले जवाफ दिएका थिए ।

Global Ime bank

‘वसन्त’ नेपाली भाषाका साथै अंग्रेजी, नेपाल भाषा (नेवारी), मारवाडी, हिन्दी, मैथली, भोजपुरी, तामाङ र बङ्गाली भाषामा प्रकाशित छ ।     
   
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार ५, २०७५  १९:४४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC