site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
प्रदूषण जाँच नाममात्रको, हरियो स्टिकरबिनै गुड्छन् सवारी
Sarbottam CementSarbottam Cement

काठमाडौं । सवारीसाधनको प्रदूषण जाँचलाई प्रभावकारी बनाउने सरकारको कदम व्यवहारिक रुपमा फितलो देखिएको छ । यातायात व्यवस्था विभागले काठमाडौंका विभिन्न ३ स्थानबाट उपत्यकामा गुड्ने सार्वजनिक र निजी सवारीको धुवाँ जाँच गर्दै आए पनि यो प्रभावकारी देखिएको छैन ।

धुवाँ जाँचपश्चात् सवारीमा टाँसिने हरियो स्टिकरको म्याद सार्वजनिक सवारीमा ६ महिना र निजीमा १ वर्ष रहे पनि ट्राफिक प्रहरीको नियमनको अभावमा धेरैजसो सवारीले म्याद गुज्रिएका हरियो स्टिकर टाँसेर सरकारको आँखा छल्ने गरेका छन् ।

ट्राफिक प्रहरीको कारबाहीमा परी प्रदूषण जाँच गराउन कार्यालय आउने दैनिक करिब १ सय ५० सवारीमध्ये औषतमा दैनिक १० देखि १५ वटा फेल हुने गरेको कार्यालयका एक मेकानिकल इन्जिनियरले जानकारी दिए । 

Prabhu Bank
Agni Group
NIC Asia

गएको जेठ २० गते गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र वन तथा वातावरण मन्त्री शक्ति बस्नेत सवारीसाधनको प्रदूषण जाँच गर्न सडकमा निस्किएका थिए । त्यसको केही दिनसम्म प्रदूषण जाँच तीव्र बनाइएको भए पनि प्रदूषण जाँचका लागि एकान्तकुनास्थित यातायात कार्यालयमा पुग्ने सवारीको संख्यामा उल्लेख्य परिवर्तन आउन सकेको छैन ।
प्रदूषण जाँचमा फेल हुने सवारीसाधनलाई तत्कालै कारबाही गर्ने अधिकार ट्राफिक प्रहरीलाई नहुँदा फेल भएका सवारी पनि निष्फिक्री गुड्ने गरेका छन् ।

कार्बुरेटर, क्लच प्लेट, फिल्टर र पिस्टन खराब भएका सवारी धुवाँ जाँचमा फेल हुने र यस्ता सवारीलाई मर्मतका लागि तत्काल ग्यारेज पठाउने गरेको कार्यालयका मेकानिकल इन्जिनियर यमबहादुर भुजेलले बताए ।

Global Ime bank

गृह र वन तथा वातावरणमन्त्री आफैं सवारीको धुवाँ परीक्षणका लागि सडकमा निस्किएपनि जाँच गराउने सवारीको चापमा खासै अन्तर नदेखिएको कार्यालयको तथ्यांकले देखाएको छ ।
जनशक्ति अभावमा चेकजाँच सशक्त रुपमा अघि बढाउन नसकेको यातायात व्यवस्था कार्यालयका प्रमुख वसन्त पन्थी बताउँछन् ।

सरकारको कडाइसँगै यातायात व्यवस्था विभाग र यातायात व्यवस्था कार्यालय बाग्मतीले ट्राफिक प्रहरीको समन्वयमा प्रदूषण गर्ने सवारीमाथि कडा निगरानी थालेकोे कार्यालय प्रमुख पन्थीले बताए ।

यातायात व्यवस्था कार्यालय बाग्मतीको पछिल्लो तीन महिनाको तथ्यांकमा धुवाँ जाँचका लागि कार्यालयमा आउने सवारीको संख्यामा खासै अन्तर देखिएको छैन ।
“धुवाँ जाँचलाई प्रभावकारी बनाउन मन्त्रालय स्तरबाटै कडा कदम चालिएको छ,” पन्थीले भने, “तर जनशक्ति अभावमा प्रदूषण गर्ने सवारीलाई उपत्यकाका सबै स्थानमा चेकजाँच गर्न सकिरहेका छैनौं ।”

साउन १ बाट अनिवार्य गर्छौं : विभाग
आगामी साउन १ बाट प्रदूषण चेकजाँचलाई थप प्रभावकारी बनाउने यातायात व्यवस्था विभागको तयारी रहेको छ । विभागले सो मितिबाट देशभरका सबै महानगरपालिका र उपमहानगरपालिकामा धुवाँ जाँच गरी निजी र सार्वजनिक सवारीमा हरियो स्टिकर अनिवार्य गर्ने तयारी गरेको हो ।

यसका लागि विभागले धुवाँ जाँच गर्ने ४० वटा डिभाइस ल्याइसकेको विभागका निर्देशक तथा सूचना अधिकारी तुलसीराम अर्यालले बाह्रखरीलाई जानकारी दिए । “साउन १ गतेबाट काठमाडौं उपत्यकासहित देशभरका सबै महानगरपालिका र उपमहानगरपालिकामा गुड्ने सवारीको अनिवार्य धुवाँ जाँच गरिने छ, यसको सम्पूर्ण तयारी पूरा भइसकेको छ,” अर्यालले भने ।

देशभरका १४ वटै यातायात व्यवस्था कार्यालय र ६ वटा सेवा कार्यालयबाट आवश्यक मात्रामा मेकानिकल इन्जिनियर र प्राविधिकहरु धुवाँ जाँचका लागि खटाइने अर्यालले जानकारी दिए ।

धुवाँ जाँच गराई हरियो स्टिकर लिन रु. ३५ मात्रै लाग्ने भए पनि सरकारी नियम मिच्ने प्रवृत्ति र कतिपय सवारी धनी वातावरण र सहरी स्वास्थ्यप्रति जिम्मेवार नहुँदा प्रदूषण गर्ने सवारीको संख्या बढेको वातावरण विभागकी उपमहानिर्देशक सफला श्रेष्ठले बताइन् ।   


 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार ५, २०७५  १४:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC