site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
माधव नेपाल पहिलोपटक कार्यवाहक अध्यक्ष
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ नेता माधव नेपाल पहिलो पल्ट कार्यवाहक अध्यक्ष तोकिएका छन् । ०६४ को पहिलो संविधानसभा निर्वाचनमा तत्कालीन एमालेले अनपेक्षित पराजय भोगेपछि पार्टी महासचिवबाट ०६५ वैशाख १ गते राजीनामा बुझाएयता उनी पहिलोपल्ट कार्यबाहक अध्यक्ष तोकिएका हुन् । पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली चीनको राजकीय भ्रमणमा र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पत्नीको उपचारार्थ विदेशमा रहेकाले कार्यवाहक अध्यक्ष नेपाल तोकिएका हुन् ।

०६५ फागुनमा सम्पन्न आठौँ राष्ट्रिय महाधिवेशनबाट विधानतः वरिष्ठ नेता बनेका नेपालले त्यो कार्यकालभरि कार्यवाहक अध्यक्षको भूमिका निभाएनन् ।

त्यस्तै ०७१ असारमा सम्पन्न महाधिवेशनबाट पार्टी अध्यक्ष केपी शर्मा ओली बने । र, ओली देशबाहिर रहँदा कार्यवाहक अध्यक्षको जिम्मेवारी पार्टीको वरिष्ठ उपाध्यक्षको हैसियतले वामदेव गौतमले बहन गर्ने गर्थे । तर, एमाले र माओवादी केन्द्र एकीकृत भइसकेपछि भने पहिलोपल्ट माधव नेपाल कार्यवाहक अध्यक्ष तोकिएका हु्न् ।
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार ५, २०७५  १४:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC