site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
पहिलोपटक पाइन्ट लगाउने अधिकार पाएकामा रोहिङ्गाहरुको खुसी 
Sarbottam CementSarbottam Cement

एजेन्सी । रोहिङ्गा मुसलमानहरुलाई म्यानमार हुँदा परम्परागत सारोङ र पाइन्ट लगायतका पूरा लुगा लगाउन निषेध गरिएको थियो । उनीहरुले सधैँ अनौपचारिक कपडा मात्र लगाउन पाउँथे जसले उनीहरुलाई तल्लो जातिका रुपमा पहिचान गराउने गरेको उनीहरु बताउँछन् । कानुनी रुपमा यसरी फुल ट्राउजर लगाउनमाथि कुनै प्रतिबन्ध नभएपनि स्थानीय सुरक्षाकर्मीहरुले उनीहरुलाई पाइन्ट नलगाउन चेतावनी दिने गरेको द वासिङटन पोस्टले उल्लेख गरेको छ । 

गतवर्ष म्यानमारका सेनाले क्रुरतापूर्वक राखिनेका यस मुसलमान जातिमाथि आक्रमण गरेपछि ७ लाख शरणार्थीहरु आफ्नो ज्यान बचाउँदै बांग्लादेश भागेका थिए । त्यसकारण अहिले बसिरहेको शरणार्थी शिविरमा भने आफ्नो इच्छा अनुसारको लुगा लगाउन पाएको उनीहरुले बताएका हुन् । यसप्रति खुसी व्यक्त गर्दै त्यहीँका २८ वर्षीय अब्दुल अजिजले भने, ‘अहिले म लोकतन्त्रमा बाँचिरहेको छु र लोकतन्त्रमा सबैले पाइन्ट लगाउँछन् ।’ यसअघि म्यानमार बस्दा आफूले कहिल्यै पाइन्ट नलगाएको उनले बताए ।

Prabhu Bank
Agni Group
NIC Asia

यसैबीच शनिबार त्यहाँका मानिसहरुले उत्साहपूर्वक मुसल्मानहरुको महान् चाड इद मनाएका हुन् जस क्रममा उनीहरुले नयाँ कपडा किन्ने गरेका छन् । सधैँ अपहेलनामा बाँच्न बाध्य यस जातिले यो एक मात्र दिन चिन्तामुक्त भएर खुसीसाथ आफ्नो पर्व मनाएको हो । यसै हार्षित वातावरणमा अब्दुल लगायत अन्य थुप्रै रोहिङ्गा पुरुषहरुले लुङ्गी छाडेर पहिलोपटक जिन्सको पाइन्ट र लामो सेतो सर्ट लगाएका हुन् । उनीहरुले आफ्नो दुई दिनको कमाई वापद् गत हप्ता मात्र बजार गएर यसरी पहिलोपटक प्यान्ट किनेको बताए । अहिले उनीहरु बसिरहेको शिविरमा गैरसरकारी संस्थाहरुले उनीहरुलाई रोजगारी दिइरहेको छ भने डोनेट गरिएका कपडाबाट पनि उनीहरुले यस्ता लुगा प्राप्त गर्ने गरेका छन् ।

म्यानमारमा प्यान्टलाई पश्चिमी परम्पराका रुपमा लिइने हुनाले त्यसलाई शिक्षा र धनको संकेतक मानिन्छ । यसैकारण पनि म्यानमारको राखिनेमा बस्दा रोहिङ्गाहरुले विवाह, बालबालिकाको जन्म देखि घर, फोन, सनग्लास, मोटरसाइकल जस्ता धेरै कुराहरुबाट बञ्चित हुनुपरेको थियो । उनीहरुले उपयोग गर्ने कुनैपनि वस्तुले धन वा उच्च जीवन स्तरको संकेत गराएमा तिनीहरुलाई पक्राउ गरि जरिबाना तिर्न लगाइने र पिटेर यातना दिने गरिएको उनीहरुको भनाइ छ । औपचारिक कानूनमा प्यान्ट लगाउनमाथि कुनै प्रतिबन्ध नलगाइएको भएपनि गाउँगाउँमा तैनाथ सुरक्षाकर्मी र सरकारी अधिकारीहरुले उनीहरुलाई प्यान्ट नलगाउन धम्की दिने गरेको र लगाएको फेला पारेमा आतङ्ककारी घोषित गर्ने गरेको उनीहरु बताउँछन् । विशेषगरी राखिनेको ग्रामिण क्षेत्रमा यो नियम कडाइपूर्वक लागू हुने गरेको उनीहरुले बताए । 

Global Ime bank

एक व्यक्तीका अनुसार उनी घरभित्रै लुकेर पाइन्ट लगाउँथे तर त्यो पहिरनमा उनले बाहिर हिँड्ने हिम्मत कहिल्यै गरेनन् । र त्यस्तै अर्का व्यक्तिका अनुसार २०१६ मा उनले यो नियम पालन नगर्दा ३५ डलर जरिवाना तिर्नुपरेको थियो । यस विषयमा १५ वर्षीय साइद अल अमिन भन्छन् , ‘त्योपनि हामीलाई अरुभन्दा फरक र असमान देखाउने तरिका थियो ।’ मुसल्मानहरु अन्य जातिभन्दा तल्लो स्तरको भन्ने जनाउन यस्तो गरिएको उनको भनाइ छ । 

अहिले भने यो समूहमा कतिपय म्यानमार नै फर्कने तयारी गरिरहेका छन् भने कतिचाहिँ बांग्लादेशमै बस्न चाहेको बताइरहेका छन् । अजिजले भने बांग्लादेशको संस्कृति र परम्परा सिकेर उनीहरु जसरी नै बाँच्न चाहेको बताए । त्यसैले यस्तो परिस्थितिमा पाइन्ट लगाउन पाउनु उनीहरुका लागि निकै गर्वको कुरा भएको उनीहरु बताउँछन् । यसै सम्बन्धी ७३ वर्षीय सोएब अलोमलाई रोहिङ्गा पुरुषहरुले लुङ्गी छाडेर पाइन्ट लगाएको देख्दा कस्तो लाग्यो भन्ने प्रश्न गर्दा भावुक भएर आँसु झार्दै उनले भने, ‘मैले यहाँ सबै शिक्षित र सम्पन्न बंगलादेशीहरुले प्यान्ट लगाएको देखेँ त्यसैले रोहिङ्गाहरुले पनि त्यही लगाएको हेर्दा म अत्यन्तै खुसी छु । म पनि कुनैदिन यो लगाउन चाहन्छु ।’ 


 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार ५, २०७५  ०६:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC