site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
ट्युनिसिया र इंग्ल्याण्ड पहिलो हाफसम्म १–१ गोलको बराबरीमा
Ghorahi CementGhorahi Cement

एजेन्सी । रसियामा जारी विश्वकप फुटबलअन्तर्गत समूह ‘जि’ को जारी खेलमा ट्युनिसिया र इंग्ल्याण्डले पहिलो हाफसम्म १–१ गोलको बराबरी खेलेका छन् । सुरुवाती अग्रता बनाएको इंग्ल्याण्डविरुद्ध ट्युनिसियाले गोल गर्दै बराबरी बनाएको हो ।

इंग्ल्याण्डका खेलाडीले आफ्नो डिबक्सभित्र ट्युनिसियाका खेलाडीलाई फल गरेपछि पेनाल्टी पाएको थियो । पेनाल्टीमा फेर्जानी ससीले गोल गर्दै ट्युनिसियालाई बराबरीमा पुर्याएका हुन् ।

Agni Group

यसअघि इंग्ल्याण्डले खेलको ११ औं मिनेटमा नै अग्रता बनाएको थियो । इंग्ल्याण्डका लागि कप्तान ह्यारी केनले कर्नर प्रहारबाट आएको बललाई ट्युनिसियाको जाली चुमाएका थिए । एकपछि अर्को आक्रमक खेल खेलेको इंग्ल्याण्डले गोल गर्ने अवसरलाई सदुपयोग भने गर्न सकेको छैन ।

१ पटक विश्वकपको उपाधि उचालेको इंग्ल्याण्ड जित सुनिश्चित गर्ने दाउँमा छ । ४ पटक मात्रै विश्वकप खेलेको ट्युनिसियाले भने इंग्ल्याण्डलाई रोक्दै अंक खोस्ने लक्ष्यमा रहेको छ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार ५, २०७५  ००:३६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC