site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
ट्रम्पको नीतिले २००० बालबालिकालाई बाबुआमाबाट अलग पारेको आरोप
Sarbottam CementSarbottam Cement

एजेन्सी । ट्रम्प प्रशासनमाथि २००० बालबालिकालाई उनीहरुका बाबुआमाबाट छुट्याइएको दोष लगाइएपछि आइतबार राष्ट्रिय सुरक्षा विभागका प्रमुख आफैँले यस विषयमा ट्वीट गर्दै सो आरोपलाई गलत ठहर गरेका छन् । यस विषयमा ट्रम्पले पनि ट्वीट गरिसकेका छन् । 

अमेरिकाको दक्षिणी सीमा क्षेत्रमा छ हप्तादेखि नै अवैध प्रवेश बन्द गरिएको छ । यस क्रममा अपराधिक गतिविधिमा सहभागी भएका, आप्रवासन नियम उल्लंघन गरेका र अवैध प्रवेशका कारण हिरासतमा लिइएकाहरुलाई उनीहरुका बालबालिकाबाट छुट्याइएको हो । तर यस क्रममा सरकारले मेक्सिको बोर्डरका बाबुआमाबाट छोरछोरीलाई अलग गरिएको भन्दै सबैतिरबाट आलोचित भएपछि ट्रम्पले शुक्रबार ह्वाइट हाउस बाहिर पत्रकारहरुसँगको अनौपचारिक अन्र्तक्रियामा डेमोक्रेटहरुलाई आरोप लगाउँदै आफूलाई पनि बच्चाहरु अलग पारिएको मन नपरेकाले डेमोक्रेटिकहरुले आफ्नो नियम परिवर्तन गराउनु पर्ने बताएका हुन् ।

Prabhu Bank
Agni Group
NIC Asia

ट्रम्प प्रशासनले ६ हप्ता अघिदेखि मेक्सिकोको खुला बोर्डरलाई अवैध तरिकाले पार गर्नेमाथि कडाइ अपनाएको हो । जसकारण अहिले अवैध रुपमा बोर्डर पार गरेका बाबुआमाहरु ट्रायलको पर्खाइमा रहँदा उनीहरुका छोराछोरीहरुलाई भने कानूनी प्रक्रियाबाट टाढा राख्न सरकारी निगरानीमा राखिएको हो । सर्वप्रथम ट्रम्पले अघि सारेको यस नियमलाई कानुन अधिवक्ता जेफ सेसनले कार्यन्वयन गराएका हुन् । कानुन निर्माणकर्ताहरुको कडा आलोचनाका बावजुद प्रशासनले यो कानून लागू गराएको थियो । 

तर लगातार परिवारका सदस्यलाई क्रुर तरिकाले  अलग पारिएको बताइएपछि भने राज्य सुरक्षा सचिव क्रिस्जेन नेल्सन आफैँले आइतबार राति थुप्रैपटक ट्वीट गर्दै  अमेरिकामा परिवारलाई छुट्याइने निती नभएको स्पष्ट पारेकी हुन् । उनको सो ट्वीट ट्वीटरमा मात्र ३ हजार पटक रिट्वीट भइसकेको छ भने ३५ हजार मानिसहरुले जवाफ दिइसकेका छन् । यस्तो नीति नागरिकहरुको सुरक्षाकै लागि लागू गरिएको र अस्थायी रुपमा हिरासतमा राख्दा प्रशासनले यस कार्यको जिम्मा निकै गम्भीरतापूर्वक लिइरहेकेकोे उनको भनाइ छ । तर सामाजिक संजालमा भने यसलाई मानवता विरुद्धको नीति भनिएको छ र थुप्रै राजनीतिज्ञहरुले समेत यसप्रति चर्को विरोध जनाइरहेका छन् । गैरकानूनी आप्रवासनको मुद्दालाई ट्रम्प प्रशासनमाझ सबैभन्दा बढी चासोको विषय रहँदै आएको छ । 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार ५, २०७५  ०६:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC