site stats
बाह्रखरी :: Baahrakhari
घटना क्रम
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
विश्वभर व्यापारिक युद्धको खतरा ! भारतले पनि अमेरिकी वस्तुहरुमा २४ करोड डलर बराबरको मूल्यवृद्धि गर्दै
Ghorahi CementGhorahi Cement

एजेन्सी । पछिल्लो समय अमेरिकाले लागु गरेको नयाँ व्यापार नीतिका कारण अहिले विश्वभर व्यापारिक युद्धको खतरा बढेको छ । ट्रम्प प्रशासनले अचानक आफ्ना नजिकी आर्थिक साझेदार चीन, मेक्सिको, युरोपियन युनियन, जापान र क्यानडालाई समेत लक्षित गर्दै ती देशहरुबाट आयात हुने वस्तुमा उच्च दरले मूल्य वृद्धि गराइदिएपछि अमेरिका सबैतिरबार आलोचित भइरहेको छ भने उता विश्व अर्थतन्त्रमा समेत यसले धेरै घाटा पुर्याउनेमा चिन्ता व्यक्त गरिएको छ । 

ट्रम्पको यस्तो निर्णयपछि यी देशहरुले पनि उत्तिकै मात्रामा शुल्क वृद्धि गराइ व्यापारिक तनावलाई जारी राखेका हुन् । यस्तैमा गत मे महिनामा अमेरिकाले आल्मुनियम र स्टील जस्ता महत्वपूर्ण धातुहरुमा बढाएको शुल्कले भारतलाई पनि धेरै नोक्सान पुर्याएको छ । त्यसैले यसबाट बेहोर्नुपरेको घाटाको बदलामा भारतले पनि ३० अमेरिकी वस्तुहरुमा २४ करोड डलर बराबरको शुल्क वृद्धि गर्ने भएको सीएनएनले जनाएको छ । यसमा विशेषगरी अमेरिकाको बदाम, ओखर, स्याउ लगायत रासायनिक सामग्री र विभिन्न धातुहरु रहेको बताइएको छ ।

Agni Group

साथै भारतले १०० प्रतिशत कर लगाउँदै आएको अमेरिकी मोटरसाइकलको शुल्क पनि थप वृद्धि गर्न सक्ने चेतावनी दिएको छ जसबारे राष्ट्रपति ट्रम्पले यसअघि नै खुलेर विरोध जनाएका थिए । गत जुन १४ मै नयाँ दिल्लीले विश्व व्यापार संगठनमा अमेरिकाले धातुहरुको शुल्क वृद्धि गरि अन्तर्राष्ट्रिय नियम उल्लंघन गरेकामा उजुरी दिएको थियो । यसपछि पछिल्लो महिना भारतले सो शुल्क वृद्धि जनु २१ बाट लागू गरिने जानकारी दिएको हो ।

अमेरिकाले भारतबाट मात्र १२ अर्ब डलर बराबरको स्टिल र आल्मुनियम आयात गर्ने गरेको छ । उता भारतले चाहिँ अमेरिकाबाट २०१६ मा ४२ अर्ब डलर बराबरको सामग्रीहरु आयात गरेको थियो । जसले भारतलाई ३०.८ अर्ब डलरको व्यापार घाटा गराएको देखाउँछ ।

Global Ime bank

अमेरिकासँग यस प्रकारको व्यापारिक तनावबाट सबैभन्दा बढी अहिले चीन प्रभावित भइरहेको छ । शुक्रबार पनि यसै विषयमा बेइजिङले अमेरिकालाई क्रुर व्यापारिक युद्ध सुरु गरेको आरोप लगाउँदै त्यसको कडा जवाफ दिइने बताइएको हो । तर यसले दुई देशलाई मात्र नभएर विश्व अर्थव्यवस्थामै खराब असर पार्ने हुँदा उपभोक्ता र कम्पनीहरु पनि उत्तिकै प्रभावित हुने बताइएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार ५, २०७५  ०५:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC