अर्थ व्यवसाय
काठमाडौं । देशको कुना–कुनामा बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यका साथ एभरेष्ट बैंकले विभिन्न स्थानहरुमा आफ्नो शाखा विस्तार गर्दै गएको छ । यसै क्रमलाई निरन्तरता दिँदै बैंकले काठमाडौंको सीतापाइलामा आफ्नो शाखाको उद्घाटन गरेको छ ।
सीतापाइला शाखाको उद्घाटन बैंकमा संयुक्त लगानी रहेको पंजाब नेशनल बैंकका कार्यकारी निर्देशक तथा एभरेष्ट बैंकका निर्देशक, एल.भि. प्रभाकरले गरेका थिए । उक्त कार्यक्रममा बंैकका संस्थापक निर्देशक अरुण मान शेरचन, प्रमुख कार्यकारी अधिकृत सोमेश्वर सेठ र बैंकका अन्य वरिष्ठ पदाधिकारीहरुको पनि उपस्थिति थियो ।
प्रकाशित मिति: सोमबार, असार ४, २०७५ १९:०४
प्रतिक्रिया दिनुहोस्