site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
शिशु सूचना क्रान्ति

सूचना क्रान्तिको अनुभव गरिरहेको बखान धेरै हुने गरेको छ । तर, त्यसको अर्थ के हो र त्यस क्रान्तिले हामीलाई कता लैजाँदैछ त ?

सूचना क्रान्ति नयाँ हैन । सन् १४३९ मा जोहन्नस गुटेनवर्गको प्रिन्टिङ प्रेसले जनसञ्चारको युगको सूत्रपात ग¥यो । सन् १९६० को दशकमा सिलिकन भ्यालीमा सुरु भएको अहिलेको सूचना क्रान्ति ‘कम्युटर चिप्समा ट्रान्जिस्टरको संख्या हरेक वर्ष दोब्बर हुन्छ‘ भन्ने मूरको सिद्धान्तसँग जोडिएको छ । सन् १९७० को दशकको तुलनामा एक्काइसौं शताब्दीको सुरुसम्म आइपुग्दा कम्प्युटरको शक्तिको मूल्य हजारको एकमात्र रह्यो । अहिले इन्टरनेटले लगभग सबै कुरालाई जोड्छ । सन् १९९३ को मध्यतिर संसारमा करिब १३० वटा वेबसाइट थिए भने सन् २००० हजारमा त्यस संख्याले डेढ करोड नाघेको थियो । अहिले ३ अर्ब ५० करोडभन्दा बढी मानिस अनलाइन छन् । विज्ञहरूको अनुमानअनुसार सन् २०२० सम्ममा वस्तुहरूलाई जोड्ने इन्टरनेटबाट २० अर्ब वस्तुहरू जोडिनेछन् । हाम्रो सूचना क्रान्ति भने शिशु अवस्थामै छ ।

अहिलेको सूचना क्रान्तिको मुख्य विशेषता सञ्चारको गति होइन । तत्काल सञ्चार त उन्नाइसौं शताब्दीको मध्यतिर टेलिग्राफबाटै हुन्थ्यो । अहिलेको महत्त्वपूर्ण परिवर्तन सूचनाको भण्डारण र प्रसारको खर्चमा भएको ठूलो कटौती हो । कम्युटिङ शक्तिकै मूल्यजस्तो सवारी साधनको पनि मूल्य पनि घटेको भए अहिले एक छाक खानाको पैसाले मोटर किन्न सकिनेथियो । कुनै प्रविधिको मूल्य यति तीव्ररूपमा घटेपछि यसको पहुँच व्यापक हुन्छ र यसमा प्रवेशका तगाराहरू हट्छन् । व्यवहारमा संसारभर प्रसार गर्न सकिने सूचनाको मात्र यथार्थमा असीमित हुन पुगेको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

सूचना भण्डारणको लागत पनि नाटकीयरूपमै घटेको छ र अहिलेको ठूलो डाटाको युग सुरु भएको छ । कुनै जमानामा गोदाममा राख्नुपर्ने सूचना अहिले कमेजको खल्तीमा अटाउँछ ।

मानिसहरू बीसौं शताब्दीको मध्यतिर कम्प्युटर र सञ्चारको अहिलेको जस्तो क्रान्तिले जर्ज अर्वेलले उनको उपन्यास ‘नाइन्टिन एट्टिफोर‘ वर्णन गरिएको समाजतर्फ लैजाने गरी केन्द्रीय नियन्त्रण स्थापित हुने डर मान्थे । उनीहरू केन्द्रीय कम्प्युटरबाट ‘बिग ब्रदर‘ले हाम्रो निगरानी गर्ने र वैयक्तिक स्वतन्त्रता अर्थहीन हुने खतरा देख्थे ।

Global Ime bank

परन्तु, कम्प्युटिङ क्षमताको मूल्य घटेको छ भने कम्प्युटर स्मार्ट फोन, घडी तथा अन्य ससाना आकारमा खुम्चेको छ र तिनको विकेन्द्रित प्रभावले केन्द्रीकृत प्रभावलाई परिपोषण गरेको छ भने दौँतरीबीच सञ्चार र नयाँ समूह परिचालन गर्न सक्षम बनाएको छ । विडम्बना, यो प्राविधिक प्रवृत्तिले जासुसी पनि विकेन्द्रित गरेको छ हिजोआज अर्बौ व्यक्तिले स्वेच्छाले आफूलाई सजिलै पहिल्याउन सकिने यन्त्रहरू लिएर हिँड्दा मोबाइल सिग्नल खोज्ने क्रममा आफ्नो गोपनीयता भंग गरिरहेका हुन्छन् । ‘बिग ब्रदर‘लाई हामीले नै आफ्नो खल्तीमा राखेर हिँडेका छौँ । 

यसैगरी सर्वव्यापी समाजिक सञ्जालले अन्तर्राट्रिय समूहहरू निर्माण गरेका छन् भने सरकार र अरू शक्तिशालीहरूबाट त्यसको दुरुपयोगको मौका पनि उत्पन्न भएको छ । फेसबुकमा अहिले दुई अर्बभन्दा बढी व्यक्तिहरू जोडिएका छन् तर सन् २०१६ मा अमेरिकी राष्ट्रपति निर्वाचनमा रुसीहरूले गरेको छेडछाडजस्तै यो सञ्जाल र समूहहरू राजनीतिक स्वार्थका लागि दुरुपयोग पनि हुनसक्ने रहेछ । युरोपले नयाँ सेन्ट्रल डाटा प्रोटेक्सन रेगुलेसन (केन्द्रीय सूचना संरक्षण नियम) निर्माण गरेर गोपनीयताको रक्षा गर्ने प्रयास गरेको छ तर यसको सफलता सुनिश्चित भइसकेको छैन । चीनले जासुसीलाई सामाजिक साखको मापनसँग मिलाएको छ यसले आवतजावतजस्तो व्यक्तिगत स्वतन्त्रतामा पनि नियन्त्रण गर्नेछ । 

सूचनाले शक्ति प्रदान गर्छ र अहिले असल र खराब जे भए पनि धेरैजनाको धेरै सूचनामा पहुँच बढेको छ । यस्तो शक्ति सरकारबाट मात्र हैन तर ठूला कर्पोरेसन र गैरनाफामूलक संस्थाहरूमात्र हैन अपराधी, आतंकवादी र अनौपचारिक अस्थायी समूहहरूले पनि प्रयोग गर्न सक्छन् । 

यसको अर्थ राज्य समाप्त भयो भन्ने चाहिँ हैन । विश्व मञ्चमा सरकार सबैभन्दा शक्तिशाली पात्रका रूपमा रहेकै छ । तर, त्यो मञ्चमा प्रतिस्पर्धीहरूको भिड बनेको छ र ‘सफ्ट पावर‘ का क्षेत्रमा नयाँ खेलाडीहरूले पनि प्रभावकारीरूपमा प्रतिपस्र्धा गर्न सक्छन् । समुद्री मार्गको नियन्त्रणका लागि शक्तिशाली जलसेना महत्त्वपूर्ण हुन्छ तर इन्टरनेटमा यसले खासै सहयोग गर्न सक्तैन । उन्नाइसौं शताब्दीको युरोपमा महा शक्ति हुने आधार युद्धमा विजयी हुनु हुन्थ्यो । तर, आजको विश्वव्यापी सूचना युगमा अमेरिकी विश्लेषक जोन अकिलाले भनेजस्तै विजय कुन सेनाले जित्छ भन्नेमा हैन कस्ले भनेको कुरा बिक्छ भन्नेमा निर्भर हुन्छ ।

सार्वजनिक कूटनीति र आकर्षण र सहमत गराउन सक्ने शक्ति महत्त्वपूर्ण हुँदैगएको छ तर सार्वजनिक र्कटनीतिमा परिवर्तन पनि भइरहेको छ । वैदेशिक सेवाका अधिकारीहरूले दुर्गम गाउँहरूमा  प्रोजेक्टरबाट फिल्म देखाउने वा फलामे पर्दाभित्रका बासिन्दाहरू सर्टवेभ रेडियोमा बीबीसी सुन्न जम्मा हुने दिन उहिल्यै गइसक्यो । प्राविधिमा भएको प्रगतिले सूचनाको विस्फोट भएको छ र त्यसले कति धेरै सूचना थुपारेको छ भने अब तिनमा ध्यानै दिन सकिँदैन ।

सूचनाको मात्रा धेरै भएपछि केमा ध्यान दिने भनेर निर्णय गर्ने कठिन हुन्छ । अब त सूचना हैन ध्यान पो महँगो हुन पुगेको छ त ! ध्यानाकर्षणको शक्ति विगतमा भन्दा बढी शक्तिको स्रोत बन्न पुगेको छ भने सूचना अस्त्रको शक्ति पनि उत्तिकै महत्त्वपूर्ण बनेको छ । वैयक्ति विश्वसनीयता र छवि बढी नै महत्त्वपूर्ण हुन पुगेकाले त्यसको निर्माण र ध्वंशको राजनीतिक संघर्ष पनि कैयौं गुणा बढेको छ । प्रचारवाजी लाग्ने सूचनाको निन्दामात्र हुने हैन त्यसबाट मुलुकको प्रतिष्ठा र साखको उपेक्षा हुन पुग्यो भने प्रत्युत्पादक पनि हुन्छ । 

उदाहरणका लागि इराक युद्धका बेला अबु घरेब र गुन्छानामो बेमा बन्दीहरूसँग अमेरिकी मूल्यमान्यता मिचेर गरिएको व्यवहारले पारेको नोक्सानीको क्षतिपूर्ति अमेरिकाभित्र मुसलमानहरू सुखपूर्वक बसिरहेको तस्बिर प्रसार गरेर हुनसकेन । यसैगरी, स्पष्टै ढाँटेको थाहा हुने राष्ट्रपति डोनाल्ड ट्रम्पका ट्विटहरूले अमेरिकाको साख र छविलाई कमजोर बनाएको छ । 

सार्वजनिक कूटनीतिको प्रभावकारिता त्यसमा कति डलर खर्च गरियो भनेर हैन त्यसबाट कति जनाको धारणा परिवर्तन भयो भन्ने अन्तर्वार्ता वा जनमत संकलनबाट पुष्टि गरेर मापन गरिन्छ । यसमा चाखलाग्दो के छ भने जनमत संकलन र ‘सफ्ट पावर ३०‘सम्बन्धी पोर्टल्यान्ड सूचीमा ट्रम्प राष्ट्रपति भएपछि अमेरिकाको ‘सफ्ट पावर‘मा ह्रास आएको देखिएको छ । ट्विटहरूले विश्व कार्यसूची निर्धारण गर्न मद्दत गर्नसक्लान् तर विश्वसनीय भएनन् भने तिनले अपेक्षित प्रभाव पार्न सक्तैनन् ।

कृत्रिक बौद्धिकता वा यान्त्रिक सिकाइ प्रविधिमा भएका तीव्र विकासले यी सबै प्रक्रियाको गति बढाएका छन् । रोबोटबाट प्राप्त सन्देशहरू धेरैजसो पहिचान गर्न कठिन हुन्छ । परन्तु, विश्वसनीयता र आकर्षक कथ्यको निर्माण पनि पूर्ण स्वचालितरूपमा हुनसक्छ कि सक्तैन भन्ने भने हेर्न बाँकी नै छ । 

हार्वर्ड विश्वविद्यालयका प्राध्यापक

(प्रोजेक्ट सिन्डिकेट र बाह्रखरीको सहकार्यमा) 
Copyright: Project Syndicate, 2018.

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार ४, २०७५  ११:०४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC