site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
मरुभूमिको पहेंलो धुलो नेपाल प्रवेश गर्दा ‘हिलो’सहितको वर्षा, पहेंलो आकाशे पानी प्रयोग नगर्न मौसमविद्को सुझाव 
Ghorahi CementGhorahi Cement

काठमाडौं । भारतको राजस्थान मरुभूमिबाट नेपाल प्रवेश गरेको ठुलो मात्राको धुलोयुक्त हावाको कारणले नेपालमा गएराति ‘हिलो’ सहितको पानी परेको छ ।

राति परेको पानी हिलोसहितको परेपछि जल तथा मौसम विज्ञान विभागले भारतको राजस्थान मरुभूमिबाट नेपाल आएको ठुलो मात्राको धुलोयुक्त हावाको कारणले पहेंलो रंगको  हिलो मिसिएको पानी परेको जनाएको छ ।

“राजस्थान आसपासको मरुभूमिमा केहि दिनदेखि चलेको धुलोको हुरी पश्चिमी वायुको प्रभावले क्रमशः पूर्वतिर सर्दै गंगाको फाँटमाथिको वायूमण्डलमा बिस्तार हुँदै नेपालको वायुमण्डलमा समेत प्रवेश गरेको हुँदा हिजो रातिबाट परेको वर्षामा धेरै स्थानहरुमा पहेँलो रंगको हिलो मिसिएको पानी परेको छ,” जल तथा मौसम विज्ञान विभागले ट्वीटमार्फत भनेको छ ।

Agni Group

जल तथा मौसम विज्ञान विभागले मनसून सक्रिय नभएसम्म बर्षादको पानी प्रयोग नगर्न सर्वसाधारणलाई सार्वजनिक आह्वान गरेको छ ।

भारतको राजस्थानबाट धुँलो नेपालको पश्चिमी भूभागबाट आँधीको रुपमा प्रवेश गरी पूर्वीय हावासँग मिश्रण हुँदा भएको वर्षामा मानव तथा पशुपंक्षीका लागि पनि हानिकारक रहेको भन्दै बर्षादको पानी प्रयोग नगर्न आग्रह गरेको हो । 

Global Ime bank

मौसमविद् मीनकुमार अर्यालले धमिलो र पहेलो रंगको हिलो मिसिएको पानी कुनै पनि प्रयोजनका लागि उपयुक्त नरहेकाले संकलित पानी फालेर नयाँ पानी प्रयोग गर्न सुझाव दिए ।

उनले पहेँलो र हिलो मिसिएको पानी प्रयोग भएमा महामारी फैलिन सक्ने खतरा औंल्याए ।

“खानाबाहेक पशु चौपायका लागि पनि प्रयोग नगरौं । पूरै पानी फालिदिनुपर्छ । नयाँ पानीको प्रयोग गरौं,” उनले भने । 

आकासे पानी संकलन गरेर कृषि, पशुचौपाय अर्थात घरायसी अन्य प्रयोजनमा प्रयोग गर्ने गरिएको छ । भारतको राजस्थान आसपासको मरुभूमिमा चलेको धुलोसहितको हुरी पश्चिमी वायुको प्रभावले पूर्वतिर सर्दै गंगाको फाँटमाथिको वायुमण्डल हुँदै नेपालको वायूमण्डलमा समेत प्रवेश गरेको हुँदा शुक्रबार राति परेको पानी पहेँलो र हिलो मिसिएको पाइएको उनले बताए ।

उनले अझै केही दिन वर्षाको पानी स्वच्छ नहुने पनि जानकारी दिए । धुलोयुक्त पश्चिमी हावाको प्रवेश कमजोर नेपालको मनसुनी दक्षिण पुर्वी हावाको प्रभाव बलियो भएपछि विस्तारै मौसम सफा हुने उनले बताए । यसैबीच राससका अनुसार भारतको राजस्थानलगायत आसपासका क्षेत्रको धूलो आँधीका कणहरु नेपाली वायुमण्डलमा  मिसिएपछि धमिलो वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 
पश्चिमी वायुको प्रभावका कारण उक्त धुलो उच्च वायुमण्डलमा प्रवेश गरेकाले मध्यपहाडी भेग र दक्षिणतिरका भू–भागमा धमिलो वर्षा (धमिलो वा पहेँलो रंगको हिलो मिसिएको पानी) भइरहेको छ ।
अर्यालका अनुसार पश्चिमबाट प्रवेश गरेको धुलो वर्षा शनिबार काठमाडौँमा पनि भएको छ । उपत्यकामा विभिन्न क्षेत्रमा बिहान र अहिले पनि धुलो वर्षा भएको हो ।

उच्च वायुमण्डलमा धुलोका कण अझै पनि रहेकाले एकरदुई दिन जारी रहने मौसमविद् अर्यालको भनाइ छ । “धुलोको कण हट्न वर्षा भएर सफा गर्नुपर्ने हुन्छ । यसमा हावाको गति पनि पश्चिमबाट पूर्वतर्फ रहेकाले पूर्वी वायुलाई कमजोर तुल्याएको हुँदा पूर्णरुपमा हट्न केही दिन समय लाग्ने देखिन्छ,”– उनले भने ।

मौसमविद्को भाषामा ‘डस्ट स्ट्रोम’ भनिने धमिलो वर्षा भारतको राजस्थान, दिल्ली हुँदै नेपाल प्रवेश गरेको सम्भवतः यो पहिलो घटना हो । धमिलो वर्षाले सामान्य अवस्थामा भन्दा स्वास्थ्यमा समेत असर गर्ने देखिएकाले सजक रहन पनि विज्ञले सुझाएका छन् ।
राजधानीसहित कतिपय स्थानमा आकासे पानी संकलन गरी विभिन्न प्रयोजनमा उपयोग गरिने गरिएको छ । मौसमविद् अर्यालले यदि घरेलु उपयोगका लागि पानी संकलन गरीएको भए एकरदुई दिनको पानी संकलन नगर्न र कुनै पनि प्रयोजनका लागि उपयोग नगर्न सर्वसाधारणमा आग्रह गरे ।

धमिलो वर्षामा रसायनिक तत्वको समिश्रण हुनसक्ने खतरा रहेकाले त्यस्तो पानी उपयोग नगर्न उनको सुझाव छ । “मनसुनको समयमा यो अनौठो किसिमको वर्षा नेपालमा पहिलो पटक भएकाले हामी मौसमविद् पनि अचम्ममा परेका छौं, यस्तो वर्षा भएको रेकर्ड हामीसँग छैन्, यहाँ हिउँदको समयमा दुईरतीन दिन तुवालो लागेको बेला वर्षा भएको खण्डमा फाट्टफुट्टै रुपमा देखिने गरेको थियो तर, भारतको राजस्थानमा ‘डस्ट स्ट्रोम’ धुलोको हुरी चलिरहन्छ,”– मौसमविद् अर्यालले भने ।

नेपालमा मनसुन प्रवेश गरेको लामो समयसम्म पनि सक्रिय हुन नसकेको र केही दिनदेखि जारी रहेको पश्चिमी वायुको प्रभावका कारण पूर्व र मध्यका केही क्षेत्रमाबाहेक वर्षा हुन सकेको छैन । 

मौसमविद्को भनाइमा तत्काल मनसुन सक्रिय हुने देखिँदैन किनकी यसका लागि पश्चिमी वायुको प्रभाव पूरै हट्नुपर्छ । मनसुन अहिले कमजोर छ, पूर्वमा मात्र केन्द्रित रहेको छ । मनसुनी हावा पूर्वबाट बग्नुपर्ने हुन्छ, जुन त्यति कडा मात्रमा छैन । मनसुन समयमा वायुमण्डलको माथिल्लो तहसम्म पुग्नुपर्ने हुन्छ । पश्चिमी वायुले पूर्वी हावालाई पुनः पूर्वतिरै धकेलेका कारण पनि मनसुन सक्रिय हुन अवरोध सिर्जना भएको छ । 

मौसमविद् सुवास रिमालले मनसुन सक्रियम हुन अझै केही दिन लाग्ने बताए । महाशाखाले आठ दिनअघि ९जुन ८, २०१८० बाट मनसुन नेपाल प्रवेश गरेको घोषणा गरेको थियो । 

महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँमा ६, ताप्लेजुङमा १८, पोखरामा ३० र धनगढीमा ७ मिलिमिटर वर्षा भएको छ । तीन दिनअघि काठमाडौँको अधिकतम तापक्रम ३१ दशमलव पाँच पुगेकोमा आज भने अधिकतम तापक्रम २७ र न्यूनतम १९ डिग्री सेल्सियस रहेको छ ।

धुलो वर्षाबारे महाशाखाको ध्यानाकर्षण 

शुक्रबार साँझबाट देशका विभिन्न भू–भागमा पहेँलो धुलोसहितको धमिलो वर्षा भएको भन्ने विभिन्न माध्यमबाट जानकारी हुन गएको भन्दै विभागले एक विज्ञप्ति निकालेर ध्यान आकृष्ट भएको जनाएको छ । 

भारतको राजस्थान आसपासको मरुभूमिमा केही दिनदेखि चलेको धुलोको हुरी पश्चिमी वायुको प्रभावले क्रमशः पूर्वतिर सर्दै गंगाको फाँटमाथिको वायुमण्डलमा विस्तार हुँदै नेपालको वायुमण्डलमा समेत प्रवेश गरेको हुँदा शुक्रबार रातिबाट परेको वर्षामा धेरै स्थानमा धमिलो वा पहेँलो रंगको हिलो मिसिएको पानी परेको देखिएको विज्ञप्तिमा उल्लेख छ । 

राजस्थान आसपासका मरुभूमिमा अझै पनि धुलोको हुरी चलिरहेको र सो पूर्वतिर सर्ने क्रम जारी रहेको हुँदा मनसुन सक्रिय भई देशको पश्चिमी भागसम्म नाफैलिँदासम्म अझै केही दिन सो धुलोको प्रभाव नेपालको वायुमण्डल तथा पर्ने पानीमा देखिने सम्भावना रहेको महाशाखाले जनाएको छ ।


 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार ३, २०७५  ०५:२२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC