site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
हामीमा सुनिए प्रेरणा र पाठक   
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । महिनाको प्रारम्भ केही नयाँ कविता सुनेर गरौं भन्ने भावनाका साथ विगत साढे चार वर्षदेखि नयाँ  र पुराना कविहरुलाई मञ्च प्रदान गर्दै आएको हामी कविताले यस पटक पुराना कवि तथा साहित्यकार गोविन्द गिरी प्रेरणा र नयाँ कवि प्रतिमा पाठकलाई प्रस्तुत ग¥यो । 
विगत लामो समयदेखि लुनकरणदास गंगादेवी चौधरी साहित्य कला मन्दिर र सर्वनाम नाट्य घरले संयुक्तरुपमा यो कार्यक्रमलाई प्रस्तुत गर्दै आएको छ । यस पटकका दुई कविहरुलाई सर्वनामका तर्फबाट अशेष मल्लले खादा र माला लगाएर स्वागत गरेका थिए । 
असार १ गते शुक्रबार सम्पन्न हामी कविता श्रृँखलाको पहिलो चरणमा कवि गोविन्द गिरी प्रेरणाले आफ्ना ११ वटा कविता वाचन गरे । उनले पलायन यात्रा, जादै छु, परदेशमा, फ्रयाङफ्रट, क्यारोलिना, भौतारिएको छु म युगदेखि शीर्षक लगायतका कविता वाचन गरेका थिए । 
हामी कविताको दोस्रो चरणमा कवि प्रतिमा पाठकले पनि ११ वटै कविताहरू वाचन गरिन । उनले प्रेममा डुबेको मान्छेहरू,  तिमीले जान्छु भनेपछि,  जीवनको महाकाव्य, बाँकि अर्को पटक, शरणार्थी, बिषबृक्ष शीर्षक लगायतको कविता वाचन गरेकी थिइन ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार १, २०७५  २२:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC