site stats
बाह्रखरी :: Baahrakhari
प्रवास
Nabil BankNabil Bank
नेपालको उच्च शिक्षामा डायस्पोराको भूमिकाबारे क्यानडामा सम्मेलन हुँदै
Sarbottam CementSarbottam Cement

लन्डन । नेपालको उच्च शिक्षामा नेपाली डायस्पोराको भूमिकाबारे क्यानडामा एक सम्मेलन हुने भएको छ । आगामी ७ जुलाई, २०१८ का दिन वाइक्लिफ कलेज, युनिभर्सिटी अफ टोरन्टोमा आयोजना हुने सम्मेलन ग्लोवल पोलिसी फोरम फर नेपाल, ओटवास्थित नेपाली राजदूतावास, एनआरएनए क्यानडा, असोसिएसन अफ नेप्लिज इन द अमेरिकाज र क्यानडा फाउण्डेशन फर नेपालले संयुक्त रुपमा गर्न लागेका हुन् ।

क्यानडा, अमेरिका र युरोपका विज्ञहरुले नेपालको उच्च शिक्षामा डायस्पोराको भूमिकाबारे विभिन्न कार्यपत्र पेश गर्नेछन् । 

Prabhu Bank
Agni Group
NIC Asia

ग्लोवल पोलिसी फोरम फर नेपालका अनुसार सम्मेलनमा क्यानडाका लागि नेपाली राजदूत कालिप्रसाद पोखरेल, क्यानडाका संघीय सांसद डा। गेङग टान, बेलायतस्थित लिडस विश्वविद्यालयका प्रा. सूर्य सुवेदी, युनिभर्सिटी अफ न्यू ब्रन्सवीका प्राध्यापक बासु शर्मा, क्यालिफोर्निया स्टेट युनिभर्सिटीका प्राध्यापक जित जोशी, युनिभर्सिटी अफ रेजइनाका प्राध्यापक द्रोण रसाइली, युनिभर्सिटी अफ फ्लोरिडाका प्राध्यापक शिव गौतम र युनिभर्सिटी अफ कनेक्टिकटका प्राध्यापक डा. विद्या रन्जितले मन्तव्य दिनेछन्।  

ग्लोवल पोलिसी फोरम फर नेपालका अध्यक्ष प्रा। सूर्य सुवेदीले नेपालको उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि डायष्पोरामा रहेका नेपाली विज्ञहरुले अनुसन्धान, व्यवस्थापन, पाठ्यक्रम विकास र दूर शिक्षामा कसरी सहयोग गर्न सक्छन् भन्ने सम्वन्धमा सम्मेलनमा छलफल हुने बताए । 

Global Ime bank

यसअघि ग्लोवल पोलिसी फोरम फर नेपालले काठमाडौं तथा ब्रिटेनको लिभरपुलमा पनि अन्तर्राष्ट्रिय सम्मेलनहरु आयोजना गरेको थियो।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार १, २०७५  १५:४२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC