खेल
एजेन्सी । २१औं संस्करणको विश्वकप फुटबलमा आयोजक रसियालाई पहिलो हाफसम्म २–० गोलको अग्रता मिलेको छ । रसियाले खेलको १२औं र ४३औं मिनेटमा गोल गर्दै अग्रता बनाएको हो ।
लुन्जिकी रंगशालामा जारी खेलमा रसियाले उत्कृष्ट प्रदर्शन गर्दै पहिलो हाफसम्म २ गोल गरेको हो । रसियालाई अग्रता दिलाउनका लागि युरी गजिन्स्की र डेनिस चेरिशेभले गोल गरे ।
खेलको १२औं मिनेटमा गजिन्स्कीले गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए । त्यस्तै, खेलको ४३औं मिनेटमा चेरिशेभले गोल गर्दै दोब्बर अग्रतामा पु¥याएका हुन् ।
प्रकाशित मिति: बिहीबार, जेठ ३१, २०७५ २१:४१
प्रतिक्रिया दिनुहोस्