ad

अर्थ व्यवसाय

आइएमई जनरलका ग्राहकले बयोधा हस्पिटलमा क्यासलेस हस्पिटलाईजेसन सेवा पाउने

आइएमई जनरलका ग्राहकले बयोधा हस्पिटलमा क्यासलेस हस्पिटलाईजेसन सेवा पाउने

काठमाडौं । बयोधा हस्पिटल एन्ड रिसर्च सेन्टरले आइएमई जनरल इन्स्योरेन्सका बीमाकर्तालाई नगद रहित हस्पिटलाईजेसन सेवा प्रदान गर्ने भएको छ । इन्स्योरेन्स कम्पनी र अस्पतालबीच भएको सम्झौता अनुसार आइएमई जेनेरल इन्स्योरेन्सबाट औषधोपचार बीमा सेवा खरिद गर्ने ग्राहकलाई बीमालेखको सीमासम्म बयोधा अस्पतालबाट क्यासलेस हस्पिटलाईजेसन सेवा प्राप्त हुनेछ ।

सम्झौतापत्रमा आईएमई जेनेरल इन्स्योरेन्सका नायब महाप्रवन्धक पवन थापा र बयोधा अस्पतालका महाप्रवन्धक राजिभ कार्कीले हस्ताक्षर गरेका हुन् ।

सोही अवसरमा थापाले बयोधा हस्पिटलले आफना ग्राहकलाई आईएमई जेनेरल इन्स्योरेन्ससँग औषधोपचार बीमालेख खरिद गरी अस्पतालसँग बीमालेखको सिमासम्म नगद रहित हस्पिटलाईजेसन सेवा लिन उत्प्रेरित गर्ने अपेक्षा राख्दै अस्पताल र अस्पतालसँग आवद्ध सदस्यलाई औपाधोपचार लगायत आवश्यक पर्ने सबै प्रकारका निर्जीवन बीमा सेवा आईएमई जनेरेल इन्स्योरेन्सबाट प्राप्त गर्नसक्ने भएकाले ढुक्क भएर सेवा लिन आव्हान गरे ।

उनले अस्पतालसँग आवद्ध सदस्यलाई औषधोपचार लगायत आवश्यक पर्ने सबै प्रकारका निर्जीवन बीमा सेवा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडबाट प्राप्त गर्नसक्नु हुने हुनाले ढुक्क भएर सेवा लिन पनि आह्वान गरे ।

आईएमई जेनेरल इन्स्योरेन्सले बीमा क्षेत्रमा उच्चकोटीको सेवा प्रदान गर्ने प्रतिवद्धता सहित आफ्ना कार्य विस्तार गर्दै जाने प्रतिवद्धता जनाएको छ ।
 

तपाईंको मत