भीडन्तमा ३९ लडाकु मारिए

यमन । यमनमा भएको भीडन्तमा बिहीबार कम्तीमा ३९ जना लडाकूको मृत्यु भएको छ । यमनी विद्रोहीहरुको नियन्त्रण रहेकोभन्दा बाहिरी ठाँउ होडेइडामा ठूलो भीडन्त भएको अधिकारीहरूले जनाएका छन् । 

घटनामा परी ३० जना यमनीक हुथी विद्रोही लडाकु मारिएका हुन् । होडेइडा विमानस्थलदेखि दुई किलोमिटर टाढा पर्ने ठाँउमा घटना भएको हो । 

त्यसबाहेक अरु नौ जना सरकार विरोधी लडाकु पनि मारिएका छन् । उनीहरु पनि उही क्षेत्रमा मारिएको अधिकारीहरूले बताएका छन् । रासस÷एएफपी

प्रतिकृया दिनुहोस