राजनीति
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीको विधान र नियमावली तयार भएको छ । महासचिव विष्णु पौडेल संयोजक रहेको ने क पाको कार्यदलले बिहीबार विधान र नियमावलीको अन्तिम सम्पादन सकेर अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई हस्तान्तरण गरेको केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिए ।
११ अध्याय, ३३ दफा रहेको विधान र नियमावलीलाई महासचिव पौडेल, स्थायी समिति सदस्यद्वय बेदुराम भुसाल र देव गुरूङ तथा केन्द्रीय सदस्य खिमलाल देवकोटा रहेको कार्दलले अन्तिम रूप दिएको हो ।
प्रकाशित मिति: बिहीबार, जेठ ३१, २०७५ १८:०७
प्रतिक्रिया दिनुहोस्