Skip Advt.
ad

अर्थ व्यवसाय

अनलाइन कारोबार परिक्षणसँगै नेप्सेमा सुधार

काठमाडौं । साताको अन्तिम दिन नेप्से परिसूचकमा ५ अंकको सुधार आएको छ । नेपाल स्टक एक्स्चेन्जले कार्यान्वयनमा ल्याउन लागेको अनलाइन प्रणाली ब्रोकरमार्फत् परीक्षण सुरु गरेसँगै सेयर बजारमा उत्साह देखिएको हो । बुधबार पनि नेप्से ३ अंकले सुधारिएको थियो ।

बिहीबार नेप्सेले ४ वटा ब्रोकर कम्पनीलाई आन्तरिक परिक्षणका लागि निर्देशन दिएको थियो । त्यसैको प्रभाव बजार बढ्नमा परेको जानकारहरुको दावी छ ।

नेप्से परिसूचक बढ्दा यसदिन कारोबार रकममा पनि सुधार आयो । अघिल्लो दिन २० करोड रुपैयाँको न्यून कारोबार भएकोमा यसदिन ३१ करोड ८२ लाख ९ हवार २९ रुपैयाँको सेयर खरिद बिक्री भए । यसक्रममा १६५ कम्पनीका ९ लाख १२ हजार ७ सय ५० कित्ता सेयर बिनबेच भए ।

नेप्से बढ्दा बिहीबार बजारको कुल पुँजीकरण बढेर १४ खर्ब ७१ अर्ब ८० करोड रुपैयाँ पुगेको छ ।

अहिले बजेट आइसकेको र बै.कमा तरलता जम्मा हुने क्रम जारी रहँदा पनि ब्याजदरम ागिरवट नआएकाले सेयर बजार परिसूचक बढ्न नसेकेको जानकारहरु दावी गर्छन् ।

नेप्से बढ्दा बिहीबार कारोबारमा आएका बीमा बाहेक सबै समूहमा सुधार आए । सो समूहको परिसूचक ५.४७ प्रतिशतले घट्दा उत्पादनमूलक समूह सबैभन्दा धेरै ४८.८७ अंकले उचालियो । त्यसैगरी जलविद्युत् समूह २८.७१ अंकले बढ्दा होल समूह पनि १९.४५ अंकले उकालो लाग्यो ।

यसदिन सबैभन्दा बढी प्रभु बैंकको संस्थापक सेयरको भयो । बैंकका संस्थापक सेयर १ करोड ९५ लाख रुपैयाँमा किनबेच हुँदा अन्य ४ कम्पनीका १ करोडभन्दा माथिको कारोबार भयो ।
 

तपाईंको मत