site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
ठमेल क्षेत्रमा गुण्डागर्दी गर्दै आएका दुईजना पेस्तोलसहित पक्राउ
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । काठमाडौंको ठमेल र ज्याठा क्षेत्रमा गुण्डागर्दी आएका दुईजना पेस्तोलसहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा काभ्रे झैटी देउराली स्थायी घर भई हाल काठमाडौं सितापाइला बस्ने २६ वर्षीय देवकुमार थापा र धादिङ ज्वालामूखी ३ का २९ वर्षीय कमल गुरुङ रहेका छन् । महनगरिय प्रहरी परिसरका प्रहरी निरीक्षक अनिल ठकुरी नेतृत्वको विशेष टोली उनीहरुलाई ठमेल क्षेत्रबाट पक्राउ गरेको हो ।

थापाले आफूलाई  ट्रेकिङ गाइड र अमृत साइन्स क्याम्पसको क्यान्टिनमा काम गर्ने र गुरुङले आफूलाई इच्छासिद्धी बालुवा प्रशोधन केन्द्रको सेयर होल्डर भन्दै आएको काठमाडौं परिसरका एसएसपी विश्वराज पोखरेलले बताए । उनीहरुबाट एक थान रिवल्भर (पेस्तोल) र एकथान खुकुरी बरामद भएको एसएसपी पोखरेलले बताए । काठमाडौंलाई अपराधमुक्त बनाउन परिसरले विशेष टोली परिचालन गरेको उनले बताए । पक्राउ परेका दुवै जनालाई परिसर टेकुको नियन्त्रणमा राखेर आवश्यक अनुसन्धान भइरहेको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ ३१, २०७५  १२:०८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC