राजनीति

मूल्यवृद्धिको विरोधमा धादिङबेसीमा नेविसंघको प्रदर्शन, जिल्ला अध्यक्ष इश्वर अधिकारी घाइते 

मूल्यवृद्धिको विरोधमा धादिङबेसीमा नेविसंघको प्रदर्शन, जिल्ला अध्यक्ष इश्वर अधिकारी घाइते 

काठमाडौं । सरकारले दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि गरेको विरोधमा प्रतिपक्षी नेपाली कांग्रेसको भ्रातृ संगठन नेविसंघले धादिङमा प्रदर्शन गरेको छ । 
आगामी आर्थिक वर्षको बजेट घोषणागलत्तै खाद्यवस्तु र सेवा क्षेत्रमा अनपेक्षित ढंगले मूल्यवृद्धि भएपछि विरोधमा उत्रिएको नेविसंघ धादिङ जिल्ला कार्यसमितिले बिहीबार बिहान धादिङवेशीमा प्रदर्शन गरेको हो ।
प्रदर्शनका क्रममा प्रहरीसँग झडप हुँदा नेविसंघका जिल्ला अध्यक्ष ईश्वर अधिकारी सामान्य घाईते भएका छन् । नेविसंघ केन्द्रीय सदस्य सुशील भट्टले प्रदर्शनमा प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गर्ने क्रममा प्रहरीले धरपकड गर्दा अध्यक्ष अधिकारी घाइते भएका जानकारी दिए ।  
नेविसंघको संस्थापन पक्ष र असन्तुष्ट पक्ष गत साताबाट देशका विभिन्न स्थानमा मूल्यवद्धि र महंगी विरूद्द छुट्टाछुट्टै प्रदर्शन गरिरहेका छन् ।
 

तपाईंको मत