site stats
बाह्रखरी :: Baahrakhari
घटना क्रम
Nabil BankNabil Bank
बाजेको सेकुवामा सुन तस्करको लगानी ! ६ वटा शाखामा शिलबन्दी
Sarbottam CementSarbottam Cement

काठमाडौं । ३८ क्वीन्टल सुन तस्करी र सनम शाक्य हत्या अभियोगका फरार अभियुक्त चेतनाथ भण्डारीले काठमाडौंमा सञ्चालन गरेको बाजेका सेकुवाका ६ वटा शाखामा शिलबन्दी गरिएको छ । उनले सञ्चालन गरेको बाजेको सेकुवामा सुन तस्करको लगानी रहेको विशेष अनुसन्धान टोलीको निष्कर्ष रहेको छ ।

सोहीअनुसार यसअघि सञ्चालक भण्डारीको नाममा रहेको सबै सम्पत्ति रोक्का गरिएको थियो । गृह सह सचिव ईश्वरराज पौडेल नेतृत्वको विशेष छानबिन टोलीले बुधबार ६ वटै शाखामा शिलबन्दी गरेको हो । समितिले ग्राहकलाई बाहिर निकालेर सेकुवा पसलमा शिलबन्दी गरेको थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

भण्डारीमाथी हत्या, अपरहण, शरीर बन्धक, तस्करी लगायतका विषयमा मोरङ जिल्ला अदालतमा मुद्दा दायर भएको र अदालतकै आदेशअनुसार सेकुवा पसलहरुमा शिलबन्दी गरिएको अनुसन्धान टोलीका संयोजक ईश्वरराज पौडेलले बताए । छापा मारेर कुनै सामान बरामद भने गरिएको छैन । 

अनुसन्धान टोलीका अनुसार बाजेको सेकुवाका देशभर १३ वटा शाखा छन् । तीमध्ये ५ वटा भण्डारी आफ्नै र एउटा उनको सालाको नाममा रहेको टोलीका एक सदस्यले बाह्रखरीलाई बताए ।

Global Ime bank

बाँकी ७ वटा भने बाजेको सेकुवा ब्रान्डमा अरुले नै चलाएका हुन् । भण्डारी र सालाको नाममा रहेका बत्तिसपुतली, सोह्रखुट्टे, सामाखुसी, कमलपोखरी, गैरीधारा र अनामनगरका शाखा शिलबन्दी गरिएको र अन्यलाई बोलाएर ब्राण्ड परिवर्तन गर्न लगाइने संयोजक पौडेलले जानकारी दिए । शिलबन्दी गरिएका सेकुवा पसल अदालतको आदेशपछि मात्रै के गर्ने भन्नेबारे निर्णय हुनेछ । भण्डारी हाल फरार सूचीमा छन् । 

अनुसन्धान टोलीले भण्डारी अमेरिकामा बसेको हुनसक्ने आशंका गरेको छ ।  तर भण्डारी अहिलेसम्म अदालतमा उपस्थित भएका छैनन् । 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ ३१, २०७५  ०८:२९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC