site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
विश्वकपमा ईरानका खेलाडीले ‘नाइक’ जुत्ता लगाउन नपाउने !
Ghorahi CementGhorahi Cement

बीबीसी । स्पोटर्सवेयरको सबैभन्दा ठूलो कम्पनी ‘नाइक’ ले विश्वकप आउन केही समय बाँकी हुँदा ईरानका खेलाडीलाई जुत्ता सप्लाइ गर्न नसक्ने बताएको छ । हालै ईरान आणविक सम्झौताबाट अमेरिका बाहिरिएपछि जारी गरिएको प्रतिबन्ध अन्तर्गत कम्पनीले जुत्ता प्रदान गर्न नसक्ने बताएको हो । सो निर्णयले अहिले ईरानका खेलाडीहरुलाई निकै निराश बनाइदिएको छ भने टिमका प्रमुख प्रशिक्षक कार्लोस क्वीरोजले आफ्ना खेलाडीका लागि फिफासँग मद्दत मागिरहेका छन् ।

गत महिना मात्र अमेरिकी राष्ट्रपति ट्रम्पले ईरान आणविक सम्झौताबाट बाहिरिँदै ईरानविरुद्ध आर्थिक प्रतिबन्धको घोषणा गरेका थिए । यसैकारण प्रमुख विदेशी कम्पनीहरुले पनि ईरानसँग कुनै आर्थिक लेनदेन नगर्ने जानकारी गराइसकेका छन् । कम्पनीले आफ्नो बयानमा नाइक अमेरिकाकै कम्पनी भएकाले हाल कुनैपनि सप्लाइ गर्न नसक्ने बताएको हो । कम्पनीमा लागू हुने किसिमका जुनसुकै प्रतिबन्धलाई पनि कानून बमोजिम पालन गरिँदै आएको नाइकको भनाइ छ । 

Agni Group

पोर्चुगल र रियल मड्रिडलाई समेत कोच गरिसकेका प्रशिक्षक क्वेरिजले यही विषयमा संचारकर्मीहरुसँग भने, ‘खेलाडीहरुलाई आफूले सधैँ प्रयोग गर्ने उपकरणहरुको बानी परेको हुन्छ र उनीहरुलाई त्यसैमा खेल्न सहज हुन्छ । यसकारण म्याचको केही दिन अगाडि यति ठूलो परिवर्तन गर्नु कुनैपनि आधारमा उचित मान्न सकिँदैन । हामी केबल व्यवस्थापक र फुटबल खेलाडी मात्र हौँ त्यसैले यस्तो विषयमा हामीलाई संलग्न गराउनु हुँदैन । तरपनि हामीले अहिले फिफासँग मद्दत माँगिरहेका छौँ ।’

अर्कोतर्फ ईरानका नागरिकहरुले पनि नाइकको प्रीतबन्धपछि सामाजिक संजालमा नाइक विरुद्ध ‘नो टु नाइक’ भन्ने अभियान सुरु गरेका हुन् । ईरानले इजरायल विरुद्ध खेल नखेल्ने भन्दा राजनीतिक हस्तक्षेपको आरोप लगाइएको थियो तर नाइकले इरानी खेलाडीलाई प्रतिबन्धका कारण जुत्ता दिलाउन नसक्दा भने फिफाले यसविरुद्ध एक शब्द पनि नबोलेको भन्दै प्रयोगकर्ताहरुले आक्रोश व्यक्त गरेका हुन् । कम्पनीको यस्तो फैसलाले ईरान र यसका देशवासीहरुको समेत ठूलो अपमान भएको खेलाडीहरुको गुनासो छ । यसले विश्वकपको तयारीमा पनि धेरै ठूलो अवरोध पुर्याइरहेको बताइएको छ ।  
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ ३१, २०७५  ०६:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC