site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
प्रचण्डले जनयुद्धको धावनमार्ग भत्काएः गोपाल किराँती, भारतको सीमाक्षेत्रमा पर्खाल लगाउन माग  
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष गोपाल किराँतीले पुष्पकमल दाहाल प्रचण्डले माओवादी केन्द्र परित्याग गरेको आरोप लगाएका छन् । 

बुधबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर अध्यक्ष किराँतीले प्रचण्डले पार्टी परित्याग गरेको आरोप लगाउँदै आफूहरु अब रुपान्तरणसहितको नेकपा माओवादी केन्द्रको निर्माणमा लागिपरिरहेको बताए ।  

Prabhu Bank
Agni Group
NIC Asia

उनले भने, “प्रचण्डले जनयुद्धको कार्यदिशा र जनयुद्धका मुद्दाहरु छोडेर तात्कालिन एमालेमा प्रवेश गर्नुभयो, उहाँले जनयुद्धको धावनमार्ग भत्काउनुभयो, हामी त्यसलाई पुननिर्माण गर्नेमा जुटेका छौं, आगामी कार्तिकमा राष्ट्रिय भेला बाोलाउने र फागुन १ गते जनयुद्ध दिवसको दिन पार्टीको महाधिवेशन गर्ने लक्ष्यकासाथ अघि बढेका छौं ।”

किराँतीले प्रचण्डलाई संभ्रान्त वर्गमा बदलिएको आरोप लगाउँदै प्रचण्डका केही कार्यकर्ताहरु उनको पछि लागेको बताए । उनले भने, “प्रचण्ड र बाबुराम अन्तीममा आएर पुँजीवादी गणतन्त्र तिर लाग्नु भयो, हामी सर्वहारा वर्गको पक्षमा छौं ।”

Global Ime bank

अध्यक्ष किरातीले भारतको तर्फबाट सिमानामा ज्यादती भएको भन्दै सिमानामा पर्खाल लगाउन माग गरेका छन् ।  

मंगलबार राजधानीको कमलादीस्थित् प्रज्ञा भवनमा बसेको बैठकले पार्टीको आगामी पार्टीको महाधिवेशन आयोजक समिति गठन गरेको समेत जानकारी दिएको छ ।  

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ ३१, २०७५  ०५:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC