site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
पार्टी प्यालेस तथा क्याटरिङ व्यवसायी महासंघको महाधिवेशन सम्पन्न, जिसीको नेतृत्वमा नयाँ कार्यसमिति चयन 
Ghorahi CementGhorahi Cement

काठमाडौं । नेपाल राष्ट्रिय पार्टी प्यालेस तथा क्याटरिङ व्यवसायी महासंघको दोस्रो साधारणसभा तथा पहिलो महाधिवेशन बुधबार काठमाडौंमा सम्पन्न भएको छ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’को प्रमुख आतिथ्यमा उक्त समारोह सम्पन्न भएको हो । 
महाधिवेशनले महासंघको अध्यक्षमा लीला जिसीलाई निर्विरोध चयन गरेको छ ।

यस्तै वरिष्ठ उपाध्यक्षका देवेन्द्ररत्न शाक्य चयन भएका छन् ।  महाधिवेशनले महासंघको उपाध्यक्षमा राजेन्द्रकुमार श्रेष्ठ, कृष्णप्रसाद पाण्डे, लक्ष्मण पोखरेल, केपी शर्मा, गोकुल बेसार, नानीबाबु थापा, हरिप्रसाद न्यौपानेलाई चयन गरेको छ । 
महासंघका प्रतिनिधिद्वारा महासचिवमा उत्तमप्रकाश शर्मालाई यसैगरी कोषाध्यक्षमा पृथ्वीभक्त प्रजापति, सचिवमा बलराम पौडेल र सहकोषाध्यक्षमा मुकुन्दहरि गौतम निर्विरोध चयन भएका छन् । 

Agni Group

महाधिवेशनले महासंघको सदस्यमा बच्चुराम ढुङ्गाना, राजु महर्जन, बाबुराम महर्जन, सुशील थापा, प्रेमकुमार बर्मा, सचिन्द्र श्रेष्ठ, शान्ताराम साङ्गाक्षे, किरणप्रसाद हलुवाई, रवीन्द्रकुमार श्रेष्ठ, गीताप्रसाद सुवेदी र सिर्जना जिसी निर्विरोध चयन भएको महासंघका उपाध्यक्ष तथा प्रचार संयोजक कृष्णप्रसाद पाण्डेले जानकारी दिए ।
कार्यक्रममा गृहमन्त्री थापाले नेपालको अर्थतन्त्रमा क्याटरिङ तथा पार्टी प्यालेसको योगदान चर्चा गर्न योग्य रहेको बताउँदै यस्ता व्यवसायीमाथि कुनै पनि प्रकारका धम्की र चन्दा उठाउनेमाथि गृह मन्त्रालयको निगरानी रहेको बताए । 
   
 
\"\"

\"\"

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ ३०, २०७५  १९:४२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC