Skip Advt.

लेबनानका प्रधानमन्त्रीले रुसी राष्ट्रपतिलाई भेट्ने

बेरुत । लेबनानका प्रधानमन्त्री साआद हरिरिले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई मस्कोमा भेटवार्ता गर्ने भएका छन् ।  ‘फिफा वर्ड कप’को पूर्वसन्ध्यामा उनीहरुबीच भेटवार्ता हुन लागेको हरिरिको कार्यालयले बुधबार प्रकाशित गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । 

उनले बिहीबार रुसको मस्कोमा शुरु हुन गइरहेक विश्वकप फुटबल प्रतियोगिताको उद्घाटन समारोहमा सहभागीता जनाउनु हुने बताइएको छ । 

संसदीय निर्वाचनबाट गत मेमा हरिरि नयाँ कार्यकालका लागि पनि प्रधानमन्त्री बनेका थिए ।  हाल उनी संयुक्त गठबन्धन सरकारको तर्फबाट प्रधानमन्त्री छन् । 

हाल ४८ वर्ष पुग्नु भएका हरिरिले यसअघि रुसको सोची शहरमा रहेको ‘रसियाली ब्ल्याक सी रिसोर्ट’मा रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटतवार्ता गरेका थिए । एएफपी

प्रतिकृया दिनुहोस