site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
उद्घाटन समारोहमा विश्वचर्चित सेलिब्रेटीको प्रस्तुति रहने
Ghorahi CementGhorahi Cement

एजेन्सी । विश्वकप फुटबल आज (विहीबार) रातिदेखि रसियामा सुरु हुँदैछ । फुटबलको महाकुम्भ भनेर चिनिने विश्वकपको उद्घाटनमा विश्वचर्चित सेलिब्रिटीको प्रस्तुतिसँगै ३२ राष्ट्रकै खेलाडी, प्रशिक्षक, अफिसियल तथा अतिथि उपस्थित हुने छन् ।

रसियाको राजधानी मस्कोस्थित लुज्निकी रंगशालामा हुने उद्घाटनमा विभिन्न स्थानीय संस्कृति झल्किने नृत्य तथा प्रदर्शन हुनेछन् । भब्य हुने उद्घाटन समारोहमा ब्रिटेनका गायक रोबी विलियम्सले गीत गाउने छन् भने उनलाई रसियाकी गायिका सोप्रानो अइडा गारिफुलिनाले साथ दिनेछिन् । उद्घाटन समारोहमा ब्राजिलका चर्चित खेलाडी रोनाल्डो पनि दुई सेलिब्रेटीसँगै उपस्थित हुनेछन् । रोनाल्डोले २ पटक विश्वकपको ट्रफी ब्राजिललाई दिलाउन महत्वपूर्ण भूमिका खेलेका थिए । 

Agni Group

नेपाली समय अनुसार उद्घाटन समारोह राति ८ बजेर १५ मिनेटमा शुरु हुनेछ । उद्घाटन समारोह हेर्न करिब ८० हजार दर्शक लुज्निकी रंगशालामा आउनेछन् । 
करिब आधा घण्टा चल्ने उद्घाटन कार्यक्रमपछि नेपाली समय अनुसार ८ बजेर ४५ मिनेटमा उद्घाटन खेलमा आयोजक रसिया र साउदी अरबबीच प्रतिस्पर्धा हुनेछ ।

रसियाले २१औं संस्करणको विश्वकप फुटबल पहिलो पटक आयोजना गर्न लागेको हो । जुन १५ तारिखसम्म सञ्चालन हुने विश्वकपमा आयोजक रसियासँगै, समूह ए मा साउदी अरब, इजिप्ट र उरुग्वे रहेका छन् । त्यस्तै, समूह बि मा पोर्चुगल, स्पेन, मोरक्को र इरान रहेका छन् ।

Global Ime bank

समूह सि मा फ्रान्स, अष्ट्रेलिया, पेरु र डेनमार्क रहेका छन् भने समूह डि मा अर्जेन्टिना, आइसल्याण्ड, नाइजेरिया र क्रोएसिया रहेका छन् । त्यस्तै, समूह इ मा ब्राजिल स्वीट्जरल्याण्ड, कोष्टारिका र सर्विया रहेका छन् । 

त्यस्तै, समूह एफ मा विश्व विजेता जर्मनीसँगै, मेक्सिको, स्वीडेन र दक्षिण कोरिया रहेका छन् । समूह जि मा इंग्ल्याण्ड, बेल्जियम, पानामा र ट्युनिसिया रहेका छन् भने समूह एच मा पोल्याण्ड, सेनेगल, कोलम्बिया र जापान रहेका छन् । 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ ३१, २०७५  ००:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC