ad

खेल

स्पेनको नयाँ प्रशिक्षकमा फर्नान्डो

स्पेनको नयाँ प्रशिक्षकमा फर्नान्डो

एजेन्सी । स्पेनले नयाँ प्रशिक्षकको रुपमा फर्नान्डो हिइरोलाई नियुक्ति गरेको छ । स्पेनले  प्रशिक्षक जुलेन लेपेटेगुईलाई बर्खास्त गरेको केही घण्टामै नयाँ प्रशिक्षकको रुपमा फर्नान्डोलाई भित्र्याएको हो । 

विश्वकप सुरु हुन एक दिन अगाडि स्पेनको प्रशिक्षकमा फेरबदल भएको हो । मंगलबार मात्रै रियल मड्रिडमा आबद्ध भएका प्रशिक्षक लेपेटेगुईलाई स्पेनिस फुटबल महासंघ (आरएफइएफ) ले बुधबार बर्खास्त गरेको थियो । स्पेनिस फुटबल महासंघलाई कुनै सूचना नै नगरी रियल जाने निर्णय गरेकोभन्दै उनीमाथि कारबाही स्वरुप बर्खास्त गरेको अध्यक्ष लुइस रुवियल्सले बताएका थिए ।

बर्खास्तपछि रिक्त रहेको स्पेनको मुख्य प्रशिक्षकमा महासंघले फर्नान्डोलाई नियुक्ति गरेको हो । मुख्य प्रशिक्षकको जिम्मेवारी सम्हालेका फर्नान्डोले बुधबारदेखि नै टोली सम्हाल्ने छन् ।

विश्वकपमा स्पेन समूह ‘सि’ मा रहेको छ । समूह ‘बि’ मा स्पेनसँगै पोर्चुगल, मोरक्को र इरान छन् । स्पेनले समूह चरणको पहिलो खेल पोर्चुगलसँग खेल्दैछ । 
 

तपाईंको मत