site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
खस्रेरोग निवारण गर्ने दक्षिण एसियाकै नेपाल पहिलो
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । नेपाल अन्धोपनको दोस्रो प्रमुख कारक मानिने खस्रे (ट्रकोमा) रोग निवारण गर्ने दक्षिण पूर्वी एसियामै पहिलो राष्ट्र बनेको छ । विश्व स्वास्थ्य संगठनले दक्षिण पूर्वी एसियाको अन्धोपनको दोस्रो प्रमुख कारक मानिने आँखामा देखा पर्ने खस्रे (ट्रकोमा) रोग निवारण गर्ने नेपाल पहिलो राष्ट्र बनेको जनाएको हो । विश्व स्वास्थ्य संगठनको जेनेभामा भएको ७१ औँ महासभामा भाग लिन गएकी स्वास्थ्य राज्यमन्त्री पद्मा अर्याललाई खस्रे (ट्रकोमा) रोग निवारण भएको भन्दै प्रमाणपत्र दिएको हो ।
त्यसैगरी खस्रे रोग देखा परेका २० जिल्लाहरू कैलाली, चितवन, बारा, कञ्चनपुर, अछाम, डोटी, बैतडी, रोल्पा, दैलेख, रुकुम, दाङ, सुर्खेत, बाँके, बर्दिया ,कपिलबस्तु ,नवलपरासी, पर्सा, रोैतहट, सर्लाही र रसुवा जिल्लामा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र विश्व स्वास्थ्य संगठनले लगातार ३ वर्ष निगरानीमा औषधी खुवाएको थियो । ती जिल्लादेखि बाहेक अन्य जिल्लामा पनि बिरामीको सर्वेक्षण गर्दा कतै पनि देखानपरेको नेपालबाट खस्रेरोग निवारण भएको मन्त्रालयका प्रवक्ता डा. महेन्द्र श्रेष्ठले बताए ।
नेपालमा खस्रे रोगको सर्वेक्षणमा अति प्रभावित क्षेत्रमा कार्यक्रम सञ्चालन गरेर, औषधी उपचार गर्ने र जनचेतना फैलाउने नियन्त्रणमा आएको त्यसैको प्रतिफल स्वरुप अहिले नेपाल दक्षिण पूर्वी एसियामै ट्रकोमा निवारण गर्ने पहिलो राष्ट्र बन्न सफल भएको नेपाल नेत्र ज्योति संघका अध्यक्ष प्राडा तीर्थप्रसाद मिश्रले बताए । “नेपाल दक्षिण पूर्वी एसियाको पहिलो भएपनि अझै चुनौति भने रहेको छ,” उनले, भने “खुल्ला सिमनाका कारण अझै पनि खस्रे रोग देखापर्न सक्ने अवस्था छ ।”

नेपालमा खस्रे रोगको सर्वेक्षण २००२ बाटगर्न सुरु गरिएको थियो ।नेपालबाट २०२०सम्ममा खस्रे रोग निवारण गर्ने लक्ष्य राखेकोमा लक्ष्यभन्दा अगाडी नै यो रोग नेपालबाट नै निवारण भएको स्वास्थ्य राज्यमन्त्री पद्यमा अर्याले बताईन् ।
त्यसैगरी नेत्रज्योति संघका कार्यकारी निर्देशक शैलेशकुमार मिश्रले ट्रकोमा निवारणलाई आँखा क्षेत्रमा नेपालले महत्वपूर्ण सफलता प्राप्त गरेको बताए । नेपाल बाट खस्रे रोग निवारण भएकोमा बृहत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले साउन १० गते बृहत छलफलको आयोजना गरेको छ ।

 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ ३०, २०७५  १८:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC