एजेन्सी । विश्वकप फुटबल शुरु हुन १ दिन मात्र बाँकी हुँदा स्पेनका मुख्य प्रशिक्षक जुलेन लेपेटेगुईलाई प्रशिक्षकबाट बर्खास्त गरिएको छ । मंगलबार मात्रै रियल मड्रिडमा आबद्ध भएका प्रशिक्षक लेपेटेगुईलाई स्पेनिस फुटबल महासंघ (आरएफइएफ) ले बुधबार बर्खास्त गरेको हो ।
स्पेनिस फुटबल महासंघलाई कुनै सुचना नै नगरी रियल जाने निर्णय गरेको भन्दै उनीमाथि कारबाही गरेको बीबीसीले जनाएको छ । रियल मड्रिडका पूर्व प्रशिक्षक जिनेदिन जिदानले राजीनामा दिएपछि ५१ वर्षीया जुलेन लेपेटेगुईले मगलबार मात्र रियल मड्रिड जाने घोषणा गरेका थिए ।
स्पेनिस फुटबल महासंघका अध्यक्ष लुइस रुबियल्सले भनेका विश्वकप मुखैमा यस्तो निर्णय गरेकोले लेपेटेगुईलाई कारबाही स्वरुप बर्खास्त गर्नु परेको बताएका छन् ।