site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
मधुपर्क सम्मानबाट स्रष्टाद्वय पुडासैनी र रिसाल सम्मानित
Sarbottam CementSarbottam Cement

काठमाडौं । गोरखापत्र संस्थानद्वारा प्रकाशित मधुपर्क मासिकले आफ्नो स्थापनाको ५१औं वर्षको अवसर पारेर वरिष्ठ साहित्यकारद्वय कञ्चन पुडासैनी र प्रा. शिवगोपाल रिसाललाई यस वर्षको मधुपर्क सम्मानबाट सम्मानित गरेको छ । 

मधुपर्कले विगत १७ वर्षदेखि वरिष्ठ स्रष्टाहरुलाई मधुपर्क सम्मानबाट सम्मानित गर्दै आएको छ । कार्यक्रमका प्रमुख अतिथि शताब्दी वाङ्मय पुरुष सत्यमोहन जोशीले सम्मानित व्यक्तित्वहरुलाई सम्मानपत्र प्रदान गरे । सम्मानित व्यक्तित्वलाई सम्मानपत्रका अतिरिक्त २५ हजार एक रुपैयाँ नगद राशीसमेत प्रदान गरियो ।

Prabhu Bank
Agni Group
NIC Asia

राजधानीमा बुधबार आयोजित कार्यक्रममा बोल्दै प्रमुख अतिथि शताब्दी पुरुष जोशीले राज्यले सांसदहरुलाई करोडौं बजेट दिने तर साहित्यक संस्थाको उत्थानका लागि केही नगर्ने भन्दै साहित्यिक उन्नयनमा सरकार उदासिन रहेको बताए । 

कार्यक्रममा गोरखापत्र संस्थानका महाप्रवन्धक वसन्तप्रकाश उपाध्यायले आगामी वर्षदेखि मधुपर्कबाट सम्मानित हुने व्यक्तित्वलाई प्रदान गरिने नगद राशि ३५ हजार एक गरिने जानकारी गराए ।

Global Ime bank

संस्थानका अध्यक्ष गोविन्द पोखरेलको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा सम्मानित स्रष्टाद्वय कञ्चन पुडासैनी, प्रा. शिवगोपाल रिसाल, सम्मान चयन समितिका संयोजक रमा शर्मा, मधुपर्कका सम्पादक श्रीओम श्रेष्ठ र तुलसीहरि कोइरालाले बोलेका थिए । 
  
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ ३०, २०७५  १४:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC